कोटेश्वर चोक नजिकै शंकास्पद वस्तु फेला

प्रकाशित मिति:

काठमाडौंको कोटेश्वरमा शंकास्पद वस्तु भेटिएको छ । कोटेश्वर चोक नजिकै शंकास्पद झोला भेटिएपछि प्रहरी र नेपाली सेनाको टोली पुगेको छ ।शंकास्पद वस्तु भेटिएको र त्यसको पहिचान गर्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

शंकास्पद ब्याग भेटिएको छ, हामी पहिचान गर्दैछौं’ उनले भने । नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगेको छ ।शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर( भक्तपुर हुदै चल्ने सवारी साधनलाई तिनकुने र कोटेश्वर चोकबाटै डाईभर्सन गरिएको छ ।ट्राफिक प्रहरीले कोटेश्वर चोक हुँदै चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।सार्वजनिक यातायातको आवागमन सहज बनाउने प्रयास गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।