तत्काल फेमिली प्लानिङ छैन संजोग वर्षा

२३ बैशाख २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
17 Shares


उमेर पुगेका युवायुवतीलाई परिवार र समाजले प्रायः लखेट्ने प्रश्न हो ‘विवाहवारी कहिले गर्ने र’ सम्भवतः यो प्रश्नबाट हरेक युवायुवतीहरु गुज्रिएका छन् । जब विवाह हुन्छ तबदेखि फेरि अर्को प्रश्नले खेद्न सुरु गर्छ( ‘अब दुईबाट तीन कहिले हुने र यो आम मानिसले मात्र होइन सेलिब्रेटीहरुले पनि समाना गर्नुपरेको र गर्दै आइरहेको प्रश्न हो । झन् बढी मिडियाले सोध्ने प्रश्नमा पर्दछ यो ।

उमेरले आधा सय वर्ष पुगेपछि अभिनेता राजेश हमाल बैबाहिक जीवनमा बाँधिए । विवाहपूर्व हरेक भेटमा उनले प्रशंसक, परिवार र मिडियाबाट आउने विवाहको प्रश्नको अनिवार्य उत्तर दिनुपर्थ्यो । जब विवाह भयो तबदेखि फेरि उनलाई अर्को प्रश्न सोझिन थाल्यो( ‘अब पिता कहिले बन्ने रु’ यस प्रश्नको उनले केही वर्षयता जवाफमा भन्दै आएका छन्, ‘मेरो उमेर नै कहाँ भएको छ र पिता बन्ने ।’

करीब ७ वर्ष प्रेम सम्बन्धमा रहेर गएको फागुनमा मात्र बैबाहिक जीवनमा बाँधिएका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतलाई पनि अहिले हरेक भेटमा मिडियाले फेमिली प्लानिङलाई लिएर प्रश्न गर्दै आइरहेको छ । आइतवार करीब २ हप्ता लामो हनिमुन ट्रिप सकेर स्वदेश फर्किएका उनीहरुलाई त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीले फेरि प्रश्न गरे( ‘अब दुईबाट तीन कहिले हुने रु’वर्षाले जवाफ दिन मानिनन् । आफू अभिनीत फिल्म ुजात्रै जात्राु जेठ ३ मा रिलिज हुँदैछ भन्दै कुरा मोड्न खोजिन् । संजोगले भने तत्कालाई फेमिली प्लानिङ नभएको स्पष्ट पारे । उनले भनेअहिले हामी दुबै काममा व्यस्त छौं । अहिले हामी फेमिली प्लानिङलाई समय दिन सक्दैनौं ।ु वर्षाले भने आफूले नेपाली फिल्मलाई आमा मान्ने गरेको बताइन् । तत्काल फेमिली प्लानिङ नभएको पनि उनको भनाई छ । उनी प्रदर्शनको तरखरमा रहेको फिल्म ुजात्रै जात्रा लाई लिएर आफू निकै उत्साहित रहेको बताउँछिन् । वर्षा भन्छन्, ुहामी खासमा तीन हप्ताका लागि युरोप टुरमा निस्किएका थियौं । तर, जात्रै जात्राु का कारण दुई हप्तामा नै फर्किनुपर्‍यो । जात्रै जात्राु का कारण हाम्रो टुर पनि जात्रै भयो । यद्यपि, लामो समयपछि हामीले क्वालिटी टाइम स्पेन्ड गर्‍यौं ।जात्राु भन्दा ुजात्रै जात्राु मा आफ्नो भूमिका फरक रहेको पनि उनले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ