‘टाइगर जिन्दा हे’ को सिक्वेलमा पनि सलमान कटरीना

प्रकाशित मिति:

एजेन्सी -निर्देशक अली अब्बास जफरले सुपरहिट फिल्म ुएक था टाइगरु सिरिजको तेस्रो फिल्मको घोषणा गरेका छन् । उनी अहिले आफ्नो नयाँ फिल्म ुभारतु मा व्यस्त छन् । यसमा अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफ लिड रोलमा छन् । अली, सलमानका भरपर्दा निर्देशक हुन् । भारतु सँगै दुईको सुल्तानु र ुटाइगर जिन्दा हेु मा टिमअप भइसकेको छ ।

फेरि एकपटक अलीले सलमान र कटरीनाको जोडी सिल्भर स्क्रिनमा दोहोर्‍याउने भएका छन् । उनी ुएक था टाइगरु को तेस्रो सिक्वेल बनाउँदैछ । फिल्मको कहानीलाई लिएर उनले एक अन्तर्वार्तामा भने मेरो लागि सबैभन्दा पहिला कहानी खोज्न निकै आवश्यक हुन्छ । म निकै खुसी छु कि, मसँग टाइगर जिन्दा हेु को सिक्वेलका लागि भने कहानी छ ।
यो फ्रेन्चाइजलाई अगाडि बढाउन निकै आवश्यक रहेको पनि उनले बताए । यो सिरिजको पहिलो फिल्म एक था टाइगरु लाई कबीर खानले निर्देशन गरेका थिए । टाइगर जिन्दा हेु भने अलीले निर्देशन गरेका थिए । उनले फिल्म भारतु रिलिज भएपछि सिक्वेलको काम सुरु गर्ने बताए । सम्भवतः २०२० बाट छायांकन सुरु हुनेछ ।

उनले अगाडि भने मैले एक था टाइगरु को तेस्रो सिक्वेलको आइडियाको बारेमा सलमान खान र आदित्य चोपडासँग कुरा गरिसकेको छु । उहाँहरु सकारात्मक हुनुहुन्छ । तर, पहिला ुभारतु को रिलिजको प्रतिक्षा गर्नुपर्नेछ ।भारतु ५ जुनमा रिलिज हुँदैछ । यसमा सलमान र कटरीनाको अलावा दिशा पाटनी, सुनील ग्रोवर र तब्बू प्रमुख भूमिकामा छन् ।