शिवजीले रावणलाई कैलाश पर्वतबाट लात हानेर झारिदिनुभएको थियो, आखिर किन?

प्रकाशित मिति:

वण शिवजीको महान् भक्त थियो । त्यति टाढा श्रीलंकाबाट हिमालयमा शिवजीको दर्शन गर्न ऊ प्रायः आइरहन्थ्यो । उसले शिवजीको प्रशंसामा डमरु बजाउँदै शिवताण्डव स्तोत्रको रचना गरेको थियो ।

रावणको संगीत सुनेर शिवजी आनन्दित र मोहित हुनुभयो । रावण गाउँदै गाउँदै कैलाश पर्वत चढ्न थाल्यो । रावण शिखरमा पुग्नै लाग्दा शिवजी उसको संगीतमा मन्त्रमुग्ध हुनुभयो । माता पार्वतीले रावणलाई मास्तिर आइरहेको देख्नुभयो ।शिखरमा शिवजी र पार्वती बाहेक अरू कोही पनि रहन पाउँदैनथियो । त्यसैले पार्वतीले शिवजीलाई हर्षोन्मादबाट मुक्त गर्ने कोशिश गर्नुभयो । तर शिवजी संगीत र काव्यको आनन्दमा मग्न रहिरहनुभयो ।

अन्त्यमा पार्वती माताले शिवजीलाई संगीतको रोमाञ्चबाट मुक्त गर्न सफल हुनुभयो । शिवजी होशमा आएपछि शिखरमा आइपुगेको रावणलाई उहाँले लात हानेर तल लडाइदिनुभयो ।रावण कैलाशको दक्षिणी पाटोबाट चिप्लिँदै तल पछारियो । ऊ तल चिप्लिरहँदा उसको डमरु पर्वतको माथिदेखि तलसम्म रेखा बनाएर उससँगै तल पुग्यो । अहिले पनि कैलाश पर्वतको दक्षिणी मोहोडा हेरियो भने बीचमा माथिबाट तलसम्म आएको एउटा निशान देख्न सकिन्छ ।कैलाश पर्वतको दक्षिणी भाग एकदमै दुर्गम छ र कमै मानिस मात्र त्यहाँबाट शिखर पुग्न सक्छन् । अन्य भागको तुलनामा त्यो मार्ग कठिन हुनाले विशेष मानिस मात्र त्यहाँ पुग्न सक्छन् ।