संरचना निरीक्षण अनुगमन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बर्दघाट सुस्ता पश्चिम नवलपरासि को बर्दघाट खाने पानी तथा सरसफाई उपभोक्त्ता संस्था बर्दघाट ४ द्धारा सञ्चालित खानेपानी सुरक्षा योजना समितिको आयोजनामा मुहान स्रोत वितरण लाईन एवम् अन्य संरचना निरिक्षण अनुगमन कार्याक्रम शनिवार सम्पन्न भएको छ । मुहान देखी मुख सम्म सुरक्षित खानेपानी भन्ने मुल नाराका साथ सुरक्षा समितिका संयोजक एवम् संस्थाका उपाध्यक्ष धातानन्द बस्यालको नेतृत्वमा कार्याक्रम सम्पन्न भएको हो । अनुगमन कार्यक्रम को वारेमा प्र्काश पार्दै संयोजक बस्यालले खानेपानी सुरक्षा समितिले खानेपानी का बारेमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आईरहेको र मुहानलाई सुरक्षित राख्न थप तारबार र वाल उठाउने योजना रहेको बताउनु भयो ।

कार्याृक्रममा संस्थाका व्यवस्थापक विस्नु भुषालले खानेपानीलाई सुरक्षित वनाउनका निम्ती सुरक्षा समिति गठन गरि क्रियाकलापहरु सञ्चालन गरिरहेको र पानी लाई मुहान देखी धारा सम्म सुरक्षित राख्न का लागी मुहान पाईप लाईन , लगायत वितरण प्रणलीलाई र खानेपानी सम्बन्धि सचेतना मुलक कार्याक्रमलाई समितिले निरन्तरता दिईरहेको वताउनु भयो

मुहान स्रोत वितरण लाईन एवम् अन्य संरचना निरिक्षण अनुगमन कार्याक्रममा संस्थाका अध्यक्ष ईन्द्र राना , समितिका पदाधिकारी सुरक्षा समितिका पदाधिकारी, कर्मचारी सञ्चार कर्मि लगायत २५ जनाको सहभागिता रहेको थियो सुरक्षा समितिले बार्षिक कार्ययोजना अनुसार विभिन्न कार्याक्रम सञ्चालन गर्ने लक्ष्य अनुसार सो कार्याक्रम गरएको संस्थाका सुरक्षा समिति सदस्य रामु भुषाल ले जानकारी दिनु भयो ।