हुम्लाबासी जिर्ण काठेपुलमा यात्रा गर्न बाध्य

२४ बैशाख २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
28 Shares


सिमकोट – जोखिम मोलेरै भए पनि स्थानीयहरु एक दर्जन जिर्ण काठेपुल तर्न बाध्य भएका छन् । बर्खा लाग्दा पशुवस्तु लिने समय हुँदा खर्क लैजाने अन्य विकल्प नभए पछि जोखिम मोलेरै भए पनि स्थानीय वासिन्दाहरु जिर्ण काठेपुल तर्न बाध्य भएका हुन ।

नेपाल र चीनको सीमा क्षेत्र चुवाखोलामा पशुवस्तु पाल्न, जडिबुटी संकलन गर्न र चिनीयाँ पक्षसंग व्यापार गर्नका लागि वर्षौ देखि हुम्लाबासीहरुले व्यापार गर्ने नाकाका रुपमा चिनिएको भए पनि यस वर्ष बढी हिमपातले गर्दा हिउ पहिरोमा पनि एक दर्जन काठेपुल जिर्ण भएको सिमकोट गाउँपालिका वडा नम्बर एकका अध्यक्ष तारा बहादुर लामाले बताउनु भयो । त्यसमा तल्लो साँघु, माथिल्लो साँघु, फर्सु, रछ्याला लगाएत्का एक दर्जन काठेपुल जिर्ण हुँदा स्थानीयलाई हैरानी भएको उहाँले बताउनु भयो । हरेक वर्ष सयौ पशुवस्तु तथा मानिसहरु ती काठेपुल तर्ने गर्दै आउनु भएको छ । केही दिन अगाडी एक पर्यटकहरुको समुह आउदा काठेपुल जिर्ण भएका कारण स्थानीयबासीले उद्धार गर्नु परेको उहाँले बताउनु भयो । पुल जिर्ण भएपछि सरोकारवावाला पक्षसंग मर्मत तथा निर्माणका लागि सहयोग माग्दा कतै सुनुवाई नभएको उहाँले गुनासो गर्नु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न
  • नेपाल रेडक्रसको तदर्थ समितिको पदवहाली -श्वेत पत्र जारी गरिने