स्याङजाली परिवारद्धारा वार्षिक कार्ययोजना तय

प्रकाशित मिति:

स्याङजाली परिवार रुपन्देहीको शनिवार भैरहवामा आयोजित वृहत बैठकले सामाजिक उत्तरदायात्विका विविध वार्षीक कार्ययोजना तयगरी विभिन्न समिती समेत चयन गरेको छ ।
हालै बुटवलमा सम्पन्न ७ औं साधारणसभा एवं चौथो अधिवेसनबाट नव निर्वाचित विना गुरुङको अध्यक्षतामा संचालित उक्त बैठकले संस्थाका सल्लाहकारहरुलाई सम्मान गर्दै वृहत छलफलबाट वार्षिक कार्ययोजना निर्माण गरिएको महासचिव विष्णुप्रसाद मरासीनीले जानकारी दिनुभयो ।

सल्लाहकार सहितको उक्त वृहत बैठकले संस्थाले हरेक महिना कार्यक्रम गर्ने र त्यसका लागि छुटाछुटै संयोजक सहित समिती गठन गरेको छ ।
बुटवलमा महिलाहरुको महत्वपुर्ण चाड तीज विशेष र वृद्ध आमाहरुको सम्मान कार्यक्रम गर्ने, भैरहवामा स्वास्थ्य शिविर संचालन गर्ने, युवायुवतीलाई स्वरोजगारमुलक तालिम गोष्ठी अन्तरक्रिया संचालन गर्ने कार्यक्रम छनोट भएका छन् । यसैगरी पुसमहिनामा जिल्लाका क्षेत्रहरुको शाखा अधिवेशन गर्ने, बुटवल देवीनगरका पुर्ण अशंक्त वालवालिका एवं संस्कृत विद्याश्रम रहेका व्यक्तिलाई सहयोग गर्ने, वार्षिक नेपालीका विशेष पर्वहरु दसै, तिहार, होलीको महत्व र पहिचान एवं संस्कृतिलाई वास्तविकता सन्देश प्रवाह गर्ने गरी मनाउने लगायतका कार्यक्रम रहेको महासचिव मरासीनीले जानकारीदिनुभयो ।
उक्त कार्यक्रममा वरिष्ट उपाध्यक्ष शिवप्रसाद गौडेल, संस्थाका सल्लाहकार एवं समाजसेवी दीर्घराज काफ्ले, संस्थापक अध्यक्ष डि. आर शर्मा, बुटवल महुमुखी क्याम्पसका प्राध्यापक प्रकाशवन्धु रेग्मी, अधिवक्ता धर्म बहादुर खड्का, आजीवन सदस्य सुरेन्द्रजंग थापा, अजुर्न गिरी, गणेश प्रसाद तिवारी, टिकिसर वस्याल, लिलाकुमारी पौडेल, हरिश चन्द्र विश्वकर्मालगायतले संस्थाको कार्यदिसा कार्ययोजनका वारेमा आआफनो धारणा राखेका थिए । उक्त बैठकमा कोषाध्यक्ष झल बहादुर गुरुङले अधिवेशनको आर्थिक विवरण समेत पेस गर्नुभएको थियो ।