पूर्वविद्यार्थीद्वारा ५० लाखको अक्षयकोष स्थापना

प्रकाशित मिति:

बागलुङ – बागलुङको एक विद्यालयमा गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गर्न पूर्व विद्यार्थीले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।  बागलुङ नगरपालिका–१२ बलेवा अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा मल्टिमिडिया, ई–पाटी, कम्प्युटर ल्याव तथा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन दक्ष जनशक्ति व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरिएको हो।

विद्यालयमा पूर्वविद्यार्थीको सहयोगमा ३५ लाखको लागतमा सञ्चालनमा ल्याइएको मल्टिमिडिया, कम्प्युटर ल्याव, ई–पाटी तथा विज्ञान प्रयोगशालामा विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्रदान गर्नका लागि अक्षयकोष स्थापना गरिएको विद्यालयको पूर्वविद्यार्थी सङ्घका अध्यक्ष डा.हेमराज शर्माले बताए।

अक्षयकोषबाट प्राप्त ब्याजले प्राविधिक शिक्षक तथा विद्यालयमा भएको सबै प्रविधिको मर्मतसम्भार गरिनेछ। शर्माका अनुसार मल्टिमिडियाको प्रयोगले संसारको जुनसुकै विद्यालयमा अध्यापन भइरहेको शिक्षालाई विद्यालयसँग जोड्न मिल्नेछ।