काँग्रेसले सदन अवरोध गर्दागर्दै पनि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रकाशित मिति:

सबलपोस्ट / काठमाडौँ –  सरकारले पेश गरेको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सभामुख कृष्णबहादुर महराले निर्णयार्थ पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

सरकारको नीति तथा कार्यक्रम गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा पेश गर्नुभएको थियो । संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्रीसँग रुष्ट बनेको काँग्रेसले सदन अवरोध गरेको थियो । तर, सभामुख महराले अवरोधकाबीच पनि संसद सञ्चालन गर्नुुभएको हो ।