नेपाल प्रेस युनियन बेलायतको पहिलो बैठक सम्पन्न

प्रकाशित मिति:

बुटवल – नेपाल प्रेस युनियन बेलायतको नवनिर्वाति कार्यसमितिको पहिलो बैठकले प्रेस युनियन केन्द्र र बेलायतस्थित संघ सस्थाहरुसंग समन्वय गर्न र भाबी कार्यक्रमहरुको तर्जुमा गर्न नवनिर्वाचित अध्यक्ष बिपिन निरौलालाइ जिम्मा दिने निर्णय गरेको छ। प्रेस युनियन बेलायतको नवनिर्वाचित कार्यसमितिको ५ मे २०१९ मा लण्डनको प्लम्स्टेडमा सम्पन्न पहिलो बैठकले एनआरएन युके र नेपाल प्रेस युनियन युकेबीच अन्तरक्रिया गर्नका लागि कार्यसमितिका उपाध्यक्ष्य खेमराज रानाभाटलाई संयोजक चयन गरिएको छ।

नबनिर्बाचित अध्यक्ष बिपिन निरौलाको सभापतित्वमा सम्पन्न बैठकले बेलायतका सांसद र बेलायतका नवनिर्वाचित नेपाली मूलका काउन्सिलरहरुसंग अन्तरक्रिया गर्ने, यसको लागि कार्यसमितिका अर्का उपाध्यक्ष्य एभरेस्ट गौतमलाई संयोजक चयन गरिएको छ। समाबेसी प्रेसका लागि आदिबासी जनजाति संघसस्था संग समन्वय र अन्तरक्रिया गर्ने निर्णय भएको छ। वेल्शमा रहेका नेपाली संघसस्था संग अन्तरक्रिया र त्यहाँ रहेका प्रजातन्त्रबादी पत्रकारहरुको पहिचान गरी सदस्यता वितरण एबम विस्तार गर्ने, यसको लागि कार्यसमितिका सचिब मन्दिप केसीलाई संयोजक चयन गरिएको छ।

संस्थापक संयोजक एबम वर्तमान अध्यक्ष बिपिन निरौलाले २ वर्षअघि युनियनको इटहरीमा सम्पन्न पूर्वाञ्चल भेलामा घोषणा गर्नुभए बमोजिम प्रेस स्वतन्त्रता, मानब अधिकार, प्रजातन्त्र र जनजीविकाका बिषयमा पत्रकारिता मार्फत जागरण फैल्याउने नेपालभित्रका १ र नेपाल बाहिर विदेशस्थित १ जना गरी कम्तिमा २ जना पत्रकारलाई पुरस्कारको व्यवस्था गर्ने निर्णय भएको छ। त्यसको लागि एकबर्ष भित्रमा एक कार्यक्रम गर्ने र संकलित रकम पुरस्कार र भैपरी आउने कार्यका लागि प्रयोग गर्ने, तथा यसको लागि अध्यक्ष निरौलालाइ संयोजक चयन गरिएको छ।

बैठकका युनियनको वेबसाइट बनाउनका लागि कार्यसमिति सदस्य लालमणि भट्टराई र कोषाध्यक्ष्य सन्तोष भट्टराईलाइ जिम्मा दिइएको छ। साथै सदस्य भट्टराईलाइ डिजिटल बिभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ। निकट भबिष्यमा हुने प्रतिभा नक्षत्रको कार्यक्रमलाई सहयोग गर्न कार्यसमितिका सहसचिब कृष्णा भण्डारीलाई संयोजकको जिम्मेवारी दिइएको छ। नेपाल भ्रमण बर्ष २०२० सफल पार्न महामहिम नेपाली राजदुतको अध्यक्षतामा गठित समितिलाइ सहयोग गर्न प्रचारप्रसार समितिका सहसंयोजकमा नियुक्त बिपिन निरौलाका साथै सदस्यका रुपमा कार्यसमितिका सदस्य शालिक सापकोटालाइ पठाउने निर्णय गरिएको छ।
नेपाल प्रेस युनियन बेलायतको ३१ मार्च २०१९ मा पहिलो अधिबेशन सम्पन्न भएको थियो।