भेनेजुयलामा राजनीतिक संकट: मदुरोलाई तत्काल हटाउने अमेरिकाको तयारी

प्रकाशित मिति:

एजेन्सी– अमेरिकाको सक्रेटरी अफ स्टेट (विदेश मन्त्री समानार्थी) माइक पोम्पेओले भेनेजुयलाका राष्ट्रपतिलाई अपदस्थ गर्नको लागि अमेरिकासँग धेरै विकल्प रहेको बताएका छन् । उनले कुटनीतिक, राजनीतिक र अन्य दवावमूलक विकल्पका साथसाथै सैन्य कारबाहीको विकल्प पनि खुल्ला रहेको बताए । ‘हामी मदुरोको वहिरगमनको तयारी गरिरहेका छौं । यसका लागि जुन रणनीति उपयुक्त हुन्छ त्यही अवलम्बन गर्नेछौं,’ पोम्पेओले एबीसीको ‘द वीक’ कार्यक्रममा भने । आइतबार प्रसारण भएको अन्तरावार्तामा उनले मदुरो कति दिन, हप्ता वा महिनामा अपदस्थ हुने अहिले नै अनुमान गर्न नसकिने बताए । बहिरगमनको निश्चित मिति भन्न नसके पनि उनी लामो समय सत्तामा नरहने पोम्पेओले बताए ।

‘भेनेजुयलामा भयावह गरिबी, ठूलो भोकमरी, औषधी बिनाका विरामी बालबालिका छन्,’ पोम्पेओले भने ,‘यस्तो अवस्था समाधान गर्न नसक्ने व्यक्ति भेनेजुयलाका भविष्यको हिस्सा हुन सक्दैन ।’ एबीसीसँगको कुराकानीका क्रममा पोम्पेओले भेनेजुयालका विपक्षी नेता हुआँ ग्वाइदोको सफलतालाई लिउरु अमेरिकी गुप्चतर असफलता नभोगेको दावी गरे । फक्स न्युजलाई दिएको अर्को एक अन्तरवार्तामा उनले भने, ‘यस्ता कुराले कहिलेकाहीँ समय लिन्छ ।’

पोम्पेओले क्युवाले समर्थन नदिने हो भने मदुरो सत्तामा रहन नसक्ने बताए । त्यस्तै उनले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारबीच भेनेजुयलामा कारबाही गर्ने कुरामा फरक धारणा रहेको भन्ने विश्वासको पनि खण्डन गरे । शुक्रबार एक टेलिफोन वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू संकटमा संलग्न नहुने विश्वस्त बनाएको ट्रम्पले बताएका थिए । अघिल्लो हप्ता अमेरिकी समर्थन पाएका ग्वाइडोले देशको सेनालाई विद्रोहको लागि आह्वान गर्दा पोम्पेओ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले क्रेमलिनले मदुरोलाई भेनेजुयला छाड्नेबारे छलफल गरेको आरोप लगाएका थिए ।

शुक्रबार अमेरिकाको सम्भावित सैन्य कारबाहीबारे पोम्पेओ, बोल्टन र अन्य शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीलाई ब्रिफ गराइएको थियो । अन्तरवार्तामा सैन्य कारबाहीको लागि अमेरिकी संसदबाट अनुमति लिन आवश्यक भए नभएको बारे प्रश्न गर्दा पोम्पेओले जवाफ दिन नचाहेको बताए । त्यसपछि उनले भने, ‘हामीले भेनेजुयलामा उठाउने कुनै पनि कदम कानुनसम्मत हुनेमा म विश्वस्त छु ।’