यसकारण पुजापाठ गर्दा ‘अगरबत्ती’ बाल्ने गर्दछन, जानकारी लिनुहोस !

प्रकाशित मिति:

एजेन्सी – पूजा गर्दा धूप बाल्ने प्रथा सबै धर्ममा विद्यमान छ। किन बालिन्छ त धूप ? कहिल्यै विचार गर्नुभएको छ ? खासमा धूपको धूँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । यो धूँवाले वातावरण पवित्र र शुद्ध हुन्छ। त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म घूप बालिन्छ।

धूपको धूँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय अस्पतालले पनि धूप बाल्ने गर्छन्। प्राकृतिक तवरले बनाइएका धूप स्वास्थ्यको लागि लाभदायक हुन्छ। आजकल भने अगरबत्तीमा केमिकल मिसाइन थालिएको छ। बाटेको धूप चाहिँ अहिलेसम्म शुद्ध नै पाइन्छ। प्राकृतिक चिकित्सामा उल्लेख भएअनुसार हल्का र मीठो खालको सुगन्ध मनुष्यको चित्तलाई शान्त गर्छ। त्यसैले यसको प्रयोग प्राकृतिक चिकित्सामा हुन्छ। सकारात्मक ऊर्जाका लागि पनि धूप बाल्ने गरिएको हो।