सेयर बजारमा सामान्य सुधार, परिसूचक १३ सयको बिन्दुमा

प्रकाशित मिति:

काठमाडौं – साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । सोमबारदेखि सुधार देखिएको बजारमा मंगलबार नेप्से परिसूचक १.८७ अंकले बढेर १३०१.२८ बिन्दुमा पुग्यो । मंगलबार १७६ कम्पनीका २५ लाख २० हजार ७९० कित्ता शेयर ७२ करोड ८८ लाख रुपैयाँमा खरिद बिक्री भयो ।

मंगलबारको कारोबार रकम अघिल्लो कारोबार दिनको भन्दा ९ करोड ५२ लाख रुपैयाँले बढी हो । मंगलबार एनसीसी बैंकको सेयर सबै भन्दा धेरै २ लाख ४४ हजार ७९३ कित्ता ५ करोड ९४ लाख रुपैयाँमा किनबेच भयो । हिमालयन डिस्टिलरीको सेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै बढेर बढेर १६५० रुपैयाँ पुग्यो भने पाचँथर पावर कम्पनीको सबै भन्दा धेरै ९.६२ प्रतिशतले घट्यो ।

मंगलबार कारोबार भएकार १० उपसूचक मध्ये ८ उपसूचक सकारात्मक रह्यो भने वाणिज्य बैंक र वीत्तीय संस्थाको उपसूचक घट्यो । एक साताअघि देखि निरन्तर घटेको बजारमा सोमबारबाट देखिएको सुधारसंगै मंगलबार नेप्से परिसूचक तेह्र सयको बिन्दुमा पुगेको छ ।