समाजवादी पार्टीले सबै प्रदेशमा जागरण सन्देश अभियान चलाउने

प्रकाशित मिति:

काठमाडौं – नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन् । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच अध्यक्ष यादवले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सपथ गराएका हुन् । त्यसअघि उनले पार्टीका जेष्ठ सदस्य प्रेम कृष्ण पाठकबाट पद तथा गोपनियताको सपथ लिएका थिए । सपथग्रहणपछि मंगलबार नै पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक बसेको छ । बैठकले प्रक्रिया पुरा गरेर निर्वाचन आयोगमा दल दर्ता गर्ने र सबै प्रदेशमा जागरण सन्देश अभियान सञ्चालन गर्ने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी सोमबार एकिकरण भएर समाजवादी पार्टी नेपाल बनेको हो । एकिकरणपछि संघीय परिषदका अध्यक्षमा डाक्टर बाबुराम भट्टराई छन् भने पार्टी अध्यक्ष उपेन्द्र यादव । अध्यक्ष यादवले संघीय परिषदका अध्यक्ष डाक्टर भट्टराईलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।