विश्वमा सबैभन्दा बढी सम्भावना भएको देश नेपाल हो : डा नेपाल

प्रकाशित मिति:

नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जिवी नेपालले विश्वमा सबैभन्दा बढि सम्भावना भएको देश नेपाल भएको दाबी गर्नु भएको छ । सम्पन्नता र समृद्धिको लागि घरको आगन आगनमा बित्तिय संस्थाहरुबाट पैसा आएपनि नेपालीले पैसा चिन्न नसेकेको गुनाशो गर्नु भयो । कपिलबस्तुको गोरुसिङ्गेगमा सत्यवती लघुवित्त वित्तीय संस्था लिमिडेटको केन्द्रीय कार्यालयको आज उद्घाटन गर्दै गर्भनर नेपालले मिलेको हावापानी रहेको नेपालमा प्रशस्त सम्भावना भएपनि बैदेशिक रोजगारीको लागि नेपाली विदेशीनु दुःखद भएको बताउनु भएको छ ।
लगानी गर्नको लागि आगन आगनमा बैंङ्क खुलेको बताउँदै उँहाले कृषि उत्पादनमा जोड दिन सके नेपाल समृद्धि बन्ने उँहाले दाबी गर्नु भयो । नेपालको करिब ९० प्रतिशत भू–भागमा बैङ्क पुगेका र लघुवित्त वित्तीय संस्थाले दुर्गम क्षेत्रमा रहेर काम गरेको उँहाले बताउँदै जनता आर्थिक अवस्था सुर्धानको लागि बैंङ्कले काम गर्ने बताउनु भयो । सरकारले कृषि क्षेत्रमा ५ प्रतिशत अनुदान दिएपनि ३ वर्षमा ७७ सय जनाले मात्र सेवा लिनु दुःखद भएको नेपाल राष्ट्र बैंङ्कका गर्भनर नेपालले बताउँदै नाकाबन्दीबाट नेपालीले पाठ सिक्नु पर्ने बताउनु भयो । तरकारी समेत भारतबाट निर्भर छ उँहाले भन्नुभयो कतार मलेशिया नेपालीले बनाए तर नेपाल परनिर्भर बन्यो ।

नेपाल राष्ट्र बैंङ्क भैरवहा शाखाका प्रबन्धक अशोक पौडेलले रुपन्देही , नवलपरासी भन्दा कपिलबस्तु जिल्लामा बित्तिय संस्थाको पहुँचमा जनता कम भएको बताउँनु भएको छ । रुपन्देहीमा ८७ , नवलपरासीमा ८० र कपिलबस्तुमा ४२ वटा लघुबित्त संस्था रहेको जानकारी दिनु भयो ।सत्यवती लघुवित्त वित्तीय संस्था लिमिडेटका कार्यकारी प्रमुख बाबुरा नेपालले ३ जिल्लामा १८ वटा स्थानीय निकायमा सेवा विस्तार भएको जानकारी दिंदै उँहाले संस्थाको अधिकृत पूँजी रु ४ करोड, जारी पूँजी २ करोड २६ लाख र चुक्ता पूँजी १ करोड ५८ लाख २० हजार रहेको जानकारी दिनु भयो ।

संस्थाका अध्यक्ष कमल प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धभूमि नगरपालिकाका मेयर केशवराज श्रेष्ठ, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी लगायतले कार्यक्रममा बोलेका थिए ।