एनसेल लाभकर विवाद : सर्वोच्चको पूर्ण इजलासले पुनः सुनुवाइ गर्ने

प्रकाशित मिति:

                                                                     जेठ २१ गतेबाट पूर्ण सुनुवाइ 

काठमाडौं – निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्रीको लाभकर छली विवाद सर्वोच्च अदालतले पुनः पूर्ण इजलासमा पठाएको छ।

मंगलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले संवैधानिक व्याख्याको प्रश्न भएको र यसअघि ५ जना न्यायाधीशको बृहत् पूर्ण इजलसबाट किनारा भएको विषय भन्दै फेरी पनि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।

सर्वोच्चले यो मुद्दाको अन्तिम सुनुवाई जेठ २१ गते देखि सुरु हुने गरी मितिसमेत मंगलबारकै आदेशले तोकेको छ। सर्वोच्चले एनसेलमाथि कर निर्धारण गर्दा उसलाई सफाई पेश गर्ने मौका नदिएको भन्दै मुद्दाको किनारा नलागेसम्म अन्तरिम आदेश जारी हुने भनेको छ।