अक्षय तृतीयामा जेष्ठ नागरिक सम्मान

प्रकाशित मिति:

बुटवल-परशुराम जयन्ती एवं अक्षय तृतीयाको उपलक्ष्यमा वुटवल ११ देविनगर चौपारी स्थित नवदुर्गा मन्दिर समितिले खुदेपानी तथा जौको सातु वितरण गरेको छ । मंगरवार चौपारीमा करिव ४ हजार ५ सय जनालाई खुदेपानी तथा जौको सातु वितरण गरिएको अध्यक्ष अर्जुन कुवरले जानकारी दिए ।

समितिले प्रत्येक वर्ष अक्षय तृतीयामा जौको सातु र खुदोपानी वितरण गर्दे आएको छ । सो अवसरमा चौरासी वर्ष उमेर पार गरेका मेघराज उपाध्याय (८५), डिल्लीकुमारी काफ्ले(९०) लगायतका जेष्ठ नागरिकलाई नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डे, समितिका अध्यक्ष अर्जुन कु“वरले, समाजसेवी चित्रबहादुर वर्माले सम्मान गरेका थिए ।
सातु खुदोपानी वितरणमा जेष्ठ नागरिक मिलन केन्द्रमा आवद्ध जेष्ठ नागरिकहरु खटिएका थिए ।

केन्द्रका अध्यक्ष रोमवहादुर कुवरले ३५ जना जेष्ठनागरिक र समितिका पदाधीकारी सदस्यहरु खटिएको जानकारी दिए । संस्कृतीको जगेर्नाे गर्ने उदेश्यले कार्यक्रम गरीएको कार्यक्रमकको संयोजक रामचन्द्र तिवारीले बताए । समितिका उपाध्यक्ष कुल बहादुर केसी, तेज प्रसाद अर्याल, टिकाराम सुवेदी, सोम वहादुर मल्ल, रामराज लामीछाने, शान्ता अर्याल, श्यामकली आचार्य, सावित्रा टण्डन, मित्र बहादुर जिसी, जमुनादेवी रानाभाट, डोरवहादुर थापा, टंकनाथ रिजाल , गोविन्द भण्डारी लगायत खटिएका थिए ।संस्थाले आश्विन कोजाग्रत पूर्णिमाको दिन दुर्गामनिदरमा सराय नाच, तिज मिलन कार्यक्रम, सरसफाई लगायका कार्यक्रम गर्दे आएको छ ।