महाकालीमा बगेर एक किशोर बेपत्ता

२४ बैशाख २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
10 Shares


दार्चुला – दार्चुलामा महाकाली नदीमा नुहाउने क्रममा बगेर एक जना बेपत्ता भएका छन्।बेपत्ता हुनेमा मालिकार्जुन गाउँपालिका ७ खेतारका इन्द्रबहादुर चन्दका १५ बर्से छोरा भूपेन्द्र रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीसँगै नुहाउन गएका उनका साथी मालिकार्जुन गाउँपालिका ७ जौलजिबीका पुस्कर चन्दका १५ बर्से छोरा दिपेश भने सकुशल छन्। उनलाई नदीको केही तल भेट्टाइएको प्रहरीले जनाएको छ।बेपत्ता भूपेन्द्रको खोजी भइरहेको प्रहरी चौकी जौलजिविबाट खटिएको टोली र स्थानीयले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया