‘दाल भात तरकारी २’ बन्नसक्छ:हरिवंश

प्रकाशित मिति:

प्रतिष्ठित ब्यानर महसञ्चारले निर्माण गरेको फिल्म ‘दाल भात तरकारी’ ले बक्सअफिसमा ठूलो उछाल ल्याउने रिलिजपूर्व धेरैको अनुमान थियो । ब्रान्ड भ्यालु र राम्रो हाइप भएका कारण दर्शकमा फिल्मप्रति अपेक्षा पनि उच्च थियो । तर, फिल्मले दर्शकलाई सन्तुष्ट बनाउन नराम्रोसँग चुकेको छ ।

फिल्म हेरेका दर्शकले खासै राम्रो प्रतिक्रिया दिएका छैनन् । राम्रोभन्दा फिल्म कमजोर रहेको बताउने दर्शकको संख्या ठूलो छ । फिल्मलाई समीक्षकले पनि पिटिक्कै रुचाएका छैनन् । वर्ड अफ माउथु कमजोर हुँदाको असर आइतबारबाट फिल्मको बक्सअफिसमा पर्न थालेको छ । अपेक्षाकृत ओपनिङ गर्न चुकेको फिल्मको कलेक्सन ग्राफ हरेक दिन ओरालोलाग्दो छ । तर, निर्माण टिमले दर्शकले फिल्म निकै रुचाएको र व्यापार पनि राम्रो गरिरहेको दाबी गरिरहेको छ । हुनत, प्रदर्शनरत आफ्नो फिल्म नचलेको र दर्शकले नरुचाएको भन्ने हिम्मत जुटाउन कसले पो सक्छ होला र रु

फिल्मका प्रस्तुतकर्ता किरण केसीको दाबीलाई आँखा चिम्लिएर विश्वास गर्ने हो भने ‘दाल भात तरकारी’ ले हरेक दिन बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । र, दर्शकहरु झुण्डको झुण्ड हल पुगिरहेका छन् । शनिवार फिल्मले ुशत्रु गतेु को कमाईलाई समेत उछिनेको भन्दै उनी आत्मरतीमा रमाइरहेका छन् । तर, बक्सअफिसमा फिल्मको हालत दिन प्रतिदिन खराब हुँदै गएको छ । मल्टीप्लेक्सहरुले सोज घटाइरहेका छन् । फिल्मलाई लिएर भएको नकारात्मक टिप्पणीलाई बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य भने सकारात्मक रुपमा लिन्छन् । फिल्ममा नाटकको शैली प्रयोग गरेको बताउँदै उनले सुरुमा दर्शकलाई कन्भिन्स गराउन गाह्रो भएको बताए । उनी भन्छन्, फिल्म रिलिज भएपछि ुलाउडु को कुरा धेरै सुन्नु परेको थियो । अब भने दर्शक कन्भिन्स हुँदै जानुभएको छ । फिल्ममा रंगमञ्चको गन्ध छ । एउटै कोठामा लामा(लामा सिनहरु छन् । फिल्म हेरेका दर्शकहरु दिल खोलेर हाँस्नुले नाटकको शैली अपनाएर आफूहरुले गलत नगरेको उनको भनाई छ । हरिवंश आगाडि भन्छन्, एउटा नौलो प्रयोग हामीले गरेका हौं । त्यो प्रयोगलाई सुरुमा हामीले बुझाउन सकेनौं । यो हाम्रो कमजोरी हो । त्यो पहिला नै बुझाउन सकेको भए नकारात्मक टिप्पणीहरु आउँदैन थिए । अहिले दर्शकहरुले राम्रोसँग बुझ्दै गएका छन् । सुरुमा जति नेगेटिभ थियो अहिले विस्तारै पोजेटिभ हुँदै गएको छ ।उनले ‘दाल भात तरकारी’ को सिक्वेल बन्नसक्ने पनि संकेत गरे । उनले भनेयो फिल्म लेख्दा(लेख्दै सिक्वेलको पनि कन्सेप्ट तयार भइसकेको थियो । अब सिक्वेल बनाउने वा नबनाउने भन्ने कुरा हामी साथी(भाईहरुसँग सल्लाह गर्नेछौं । महसञ्चारले निर्णय गर्छ  ‘महका म’ मदनकृष्ण श्रेष्ठले आफूले सोचेकोभन्दा ठूलो भीड हलमा देखेकोमा खुसी व्यक्त गरे । अभिनेता पुष्प खड्का र अभिनेत्री आँचल शर्मा पनि दर्शक प्रतिक्रियाबाट खुसी भएको बताउँछन् ।