‘जात्रै जात्रा’ का कारण सर्‍यो दयाको ‘दयारानी’

प्रकाशित मिति:

काठमाडौँ अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘दयारानी’ को रिलिज डेट पोन्टपोन्ड भएको छ । जेठ १० गतेबाट सरेर यो फिल्म साउन ३० मा पुगेका छ । अब बक्सअफिसमा यो फिल्मको भिडन्त विकासराज आचार्य निर्देशित फिल्म ुहजार जुनीसम्मु सँग हुनेछ । फिल्मको रिलिज डेट पोस्टपोन्ड हुनुको कारण एक हप्ता अगाडिको फिल्म ‘जात्रै जात्रा’ बताइएको छ ।

यो फिल्ममा पनि अभिनेता दयाहाङ नै लिड रोलमा छन् । एक हप्ताको अन्तरमा दयाहाङको प्रमुख भूमिका रहेको दुई फिल्म प्रदर्शन हुने भएपछि ‘दयारानी’ को प्रदर्शन मिति केही समय पछाडि सारिएको निर्देशक माओत्से गुरुङले बताए । उक्त फिल्मले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा वाचन गरेको बताइएको छ । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक गुरुङ स्वयम्ले लेखेका छन् । फिल्ममा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि। कार्कीले खिचेका हुन् । यसमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् ।

लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ । अभिनेता दयाहाङको नामसँग मिल्दोजुल्दो भएका कारण फिल्मको नाम दयारानी नराखिएको निर्देशक गुरुङको भनाई छ । उनी भन्छन्, गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । फिल्ममा अभिनेत्री दीयालाई दयालु युवतीको रुपमा ब्याख्या गर्न खोजिएको छ