पलले देखे आँचलको अभिनयमा परिपक्वता

प्रकाशित मिति:

काठमाडौँ सिल्भर स्क्रिनमा निकै रुचाइएको जोडी हो अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा । ‘नाइँ नभन्नू ल ४’ बाट एकसाथ फिल्म करिअर सुरु गरेका उनीहरुले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ फिल्ममा पनि सहकार्य गरेका थिए । म्यूजिक भिडियो त सयभन्दा बढी नै साथमा गरिसकेका छन् । केही वर्षयता उनीहरु प्रेममा रहेको चर्चाले पनि मिडियामा विशेष स्थान पाउँदै आएको छ ।

तर, पल र आँचल आफूहरु आँखामा राख्दा पनि नविझाउने साथी रहेको बताउँदै आएका छन् । एकसाथ ब्याक टु ब्याक तीन फिल्म गर्दा उनीहरु छुटिएर काम गर्न नसकेको फिल्मवृतमा टिका(टिप्पणी भएको थियो । अहिले भने दुबै भिन्न(भिन्न प्रोजेक्टमा आबद्ध छन् । पलको हातमा अहिले दुई फिल्म छ( ुबीर विक्रम २ु र ुहृदयभरीु । दुबैमा उनको जोडीको रुपमा आँचल छैनन् ।

आँचलको नयाँ फिल्म ‘दाल भात तरकारी’ अहिले प्रदर्शनरत छ । यसमा उनले अभिनेता पुष्प खड्कासँग रोमान्स गरेकी छन् । केही हप्ता अगाडि उनले एक नयाँ फिल्म साइन गरेकी छन्, जसमा पल हिरो छैनन् । एकपछि अर्को फिल्म साथमा नगर्नुले पल र आँचलको ब्रेकअप भएको चर्चा सुरु हुन थालेको छ । यसबीच, अभिनेता पलले फिल्म ‘दाल भात तरकारी’ हेरेर आँचलको खुलेर प्रशंसा गरेका छन् । उनले सोमवार कुमारी हल पुगेर फिल्म हेरेका हुन् । जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ुबीर विक्रम २ु का निर्देशक मिलन चाम्स, अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता नाजिर हुसेन, कलाकार बुद्धि तामाङसँग फिल्म हेर्न पुगेका उनले आँचलको काम राम्रो रहेको बताए । अभिनयमा पनि परिपक्वता देखिएको उनको भनाई छ । ुरोल सानो भए पनि आँचलको काम राम्रो छ । उसको अभिनय लेभलमा छ । न लाइड छ न डाउन छ । उसको अभिनयमा निखारता देखेर मलाई खुसी लाग्योु, उनले भने । यसअघि महसञ्चारले निर्माण गरेको फिल्म ‘शत्रु गते’ मा काम गरिसकेका पलले ‘दाल भात तरकारी’ कमेडी कथामा रमाइलो फिल्म बनेको पनि बताए । ुफिल्मले सन्देश पनि दिन्छु, उनी सुनिए । अभिनेता नाजिर फिल्ममा देशमा भइरहेको राजनीतिक अस्थिरता र नेपाली समाजको सोचाईलाई ुपोइट्रीु हिसाबमा देखाइएको बताउँछन् । अभिनेत्री वर्षाले फिल्म हेरुन्जेल हाँसोको कमी नहुने बताइन् । निर्देशक चाम्स र कलाकार बुद्धिले पनि फिल्मको तारिफ गरे ।