रिसलाई नियन्त्रण यसरी गर्नुहोस्

प्रकाशित मिति:

एजेन्सी –रिसले मानवलाई ठूलो क्षति पुर्याउछ । रिस प्राकृतिक रूपले उत्पन्न हुन्छ । यो परिस्थितिअनुसार आउने एक प्रकारको भावना हो।रिस सबैलाई उठ्छ। तर यसलाई नियन्त्रण गर्न सक्नुपर्छ जसकारणले नकरात्मक प्रभाव पर्नबाट जोगिन सक्छ । मानवमा मायाँ ,दया, र रिस जस्ता सकरात्मक र नकरात्मक भावना हुन्छ । रिस नकरात्मक भावना हो ।

यसलाई नियन्त्रण नगरेमा शारिरीक र मानशिक दुबै तर्फ ठूलो असर गर्छ । मानवमा रिस दिक्क लागेको ,अनि आफूले चाहेको भन्दा विपरीत हुँदा जस्ता अवस्थामा उठ्छ ।रिसलाई नियन्त्रण पनि गर्न सकिन्छ । रिस उठ्ने समयमा बिस्तारै नाकबाट गहिरो श्वास लिने र छोड्ने गर्ने । जसले रिसलाई कम गराउछ ।रिसलाई कम गर्न व्यायामले मदत गर्छ । त्यसैले रिस उठ्दा याताउता हिँड्न जरुरी छ । यो समयमा खेलहरु खेल्ने । घाँटी तथा जिउ तन्काउँने जस्ता गर्दा पनि रिस कम हुन्छ । गीत गाउनाले पन रिस नियन्त्रण हुन्छ ।