कात्तिक ८ गतेदेखि सैनामैना महोत्सव

प्रकाशित मिति:

तेश्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव २०७५ कात्तिक ८ गतेदेखि १८ गतेसम्म हुने भएको छ । सैनामैना ब्यापार संघले आज पत्रकारहरुसँग आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा महोत्सवको तयारी सुरु भईसकेको जानकारी दिएको छ ।

प्रत्येक वर्ष सैनामैना उद्योग वाणिज्य संघ र ब्यापार संघले पालैपालो आयोजना गर्दै आएको महोत्सव यसपाली सैनामैना ब्यापार संघले आयोजना गर्ने भएको हो । सैनामैना ४ पर्राेहा खेल मैदानमा आयोजना हुने महोत्सवको तयारी सुरु भईसकेको सैनामैना ब्यापार संघका अध्यक्ष देवेन्द्रराज पाण्डेयले जानकारी दिनु भएको छ ।स्वदेशी तथा विदेशी बस्तुहरुको प्रर्दशन र बजारीकरण , लोक संस्कृति प्रर्दशन , दोहारी गीत , भलिबल प्रतियोगिता , वाल उद्यान महोत्सवमा हुने उँहाले जानकारी दिनु भएको छ । कार्यक्रममा पत्रकार छवि पाण्डे, ऋषिराम न्यौपाने, नविन घिमिरे, भुवन जिसी, माधव ज्ञवालीले बोल्दै महोत्सवमा स्थानीय स्टललाई प्राथमिकता दिनु पर्ने बताएका छन ।