महाकालीमा बेपत्ता सहायक लेखापालको शव भेटियो

प्रकाशित मिति:

डडेल्धुरा – महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ। महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको बुधबार शव फेला परेको हो। परशुराम नगरपालिका–५ परशुरामधामको तीन किलोमिटर माथि कल्पटेखानको पारी भारतीय क्षेत्रमा महाकाली किनारमामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए। यहाँका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पालका आफन्तलाई शवको तस्वीर पाउँदा उक्त शव उनकै भएको पुष्टि गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए। भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरेर शव नदिबाट निकाल्ने प्रयास भइरहेको उनले बताए। शनिबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका बेला नुहाउने क्रममा उनी बेपत्ता भएका थिए। -सुदुरखबर