बुटवल क्रिकेट विकास समितिको अध्यक्षमा नेत्र पौडेल निर्वाचित

प्रकाशित मिति:

बुटवल क्रिकेट विकास समितिको साधारण सभा तथा अधिवेसनले नेत्र पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार बुटवलमा भएको अधिवेसनमा अध्यक्ष पदका लागि अध्यक्ष गंगाराम सुनार र कोषाध्यक्ष नेत्र पौडेल चुनावी मैदानमा उत्रेका थिए । नवनिर्वाचित अध्यक्ष पौडेलले यस क्षेत्रको भौतिक पूर्वाधारमा संस्थागत पहल थाल्ने प्रतिवद्धता दिए । कार्यक्रमको उद्घाटन गर्दै क्रिकेटप्रेमी रोमित बज्राचार्यले अन्तराष्ट्रियस्तरमा नेपाली क्रिकेट फड्को मारेपनि स्थानिय स्तरमा पूर्वाधार विकासमा पछि परेको बताए । कार्यक्रममा संस्थापक अध्यक्ष गंगाराम सुनारले भौतिक पूर्वाधारका लागि विगत लामो समयदेखि पहल थालेपनि उपलब्धि हासिल नभएको गुनासो गरे । तिलोत्तमा क्रिकेट विकास समितिका सिईओ दिपक भु्रतेलले राष्ट्रिय टिमका धेरै खेलाडी उत्पादन गरेको रुपन्देही सम्भावना बोकेको भएपनि पूवार्धार विकासमा सरकारको ध्यान नगएको गुनासो गरे । कार्यक्रममा सचिव निरजप्रताप खाड, उपाध्यक्ष अमित श्रेष्ठ, खेलाडीहरु भुवन पाण्डे, उमेश श्रेष्ठ, पुनित पोखरेलले खेल विकासमा सबैबाट सहयोग जरुरी रहेको बताए ।