जन्ती बोकेको ट्रकबाट खस्दा एकको मृत्यु

प्रकाशित मिति:

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको आइचर ट्रकबाट खस्दा एकको ज्यान गएको छ। म‌ंगबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नंको आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती–४ का ६४ वर्षीय शुरबहादुर तामाङको ज्यान गएको हो।

आइचरको पछाडि बसेर जन्तीबाट घर फर्कने क्रममा खसेर तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। रासस

थप समाचार