गुरु पूर्णीमाको अवसर पारि गुरु वेद व्यासको बुटवलमा पुजा गरिएको छ । बुटवल ७ स्थित शिवालय मन्दीरमा व्यासको पुजा गरिएको हो । हिन्दु धार्मिक बिबिध अनुसार मण्डव निर्माण गरी वेद व्यासको भूमिकाको सम्मान स्वरुप पुजा गरिएको आयोजकले जनाएको छ ।
सौभाग्य माध्यामिक बिद्ययालय पूर्व बिद्यार्थी चिदीपानी पाल्पा रुपन्दहीले सो कार्यक्रम गरेको हो । कार्यक्रममा सौभाग्य माध्यामिक बिध्यालयका शिक्षहरुलाई सम्मान गरिएको थियो । निवृत भईसकेका ६ जना शिक्षकलाई दोसल्लाले सम्मान गरियो । सम्मानित हुनेमा गोबिन्द प्रसाद न्यौपाने, जानकी नेपाल , नयनराज नेपाल, रुकमेडा नेपाल, दिनेश कुमार शर्मा, राजु खनाल छन ।्सौभाग्य माध्यामिक बिद्ययालय पूर्व बिद्यार्थी चिदीपानी पाल्पा रुपन्दहीका अध्यक्ष धर्मराज नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व शिक्षक आत्मराज पन्त, धुर्वराज शर्मा काफ्ले, होमनाथ शर्मा, कृष्ण कोइराला, कार्यक्रमका संयोजक मनोहर जोशी, अधिवक्ता राजन नेपालले भनाई राखेका थिए ।