अमेरिकामा नेपालीहरुको दिनचार्य !

प्रकाशित मिति:

सानु बाबु सिलवाल – ठ्याक्कै एकसरो लत्ताकपडा, एक पेट भर्न र न्यानो चिसोतातो प्रबन्ध सहितको बासका लागि ४० घन्टा भित्रकै काम गरेर पनि बाचिन्छ अमेरिकामा बाच्नका लागि मात्रै। मतलब आधारभुत सुबिधा र नैसर्गित बाच्ने अधिकारबाट चाहि बन्चित हुनुपर्दैन भन्ने मेरो तात्पर्य​। तर​, समुन्नति, सम्ब्रिदि र आर्थिक स्वततन्त्रता सहित जिबनयापनका लागि चाहि यो ४० घन्टे कामले साथ दिदैन। हाइ पेड अर्थात उच्च आम्दानि भ​एका नेपालिहरु पनि छन अमेरिकामा तर मेरो लेखको लक्षितबर्ग चाहि यि धेरै कमाउने हाइपेडवालाहरु चाहि होइनन। हुन त यि कमाउवाला बर्ग चाहि नगन्य अर्थात अत्यन्तै न्युन सख्यामा छन​।

उमेर​, समय र बेला छदा रमझम मा रमाउने वर्किङ्ग क्लासका नेपालिहरुको बाहुल्यता छन अमेरिकामा भन्दा भयो। सम्ब्रिदिको भर्याङ्गका लागि चाहिने सिडमनि भोजभतेर, आफन्तआफन्ति, नातेदार र परिवार भित्र्याउने र उधारोमा सेवा लिने र तिर्दैमा हैरानि खेप्दै गरेका नेपालिहरु प्रशस्त छन अमेरिकामा। कतिपय त देखासिकि, अरुले उचालि दिएकै भरमा कमाएको बग्रेल्ति खर्च गर्ने र बचत नगर्नेहरु छन भन्दा यसले लख मात्रै काट्यो भन्नेहरु पनि होलान तर यथार्थता चाहि यहि हो जहा अमेरिका आइ हालिएकै छ​, बिस्तारै कमाउला, जोड्दै गरौला, कमाइ हालिन्छ नै, यो त अमेरिका हो मोज गर्नु पर्दछ​, रमाइलो पो गर्नु पर्दछ भन्ने एकलकाठे सोच पनि यत्रतत्र सुन्ने गरिन्छ​। अर्काबाट अपेक्षा नगर्ने, अर्काको आशै नगर्ने र सकेसम्म बिस्वास पनि कसैको गर्दै नगर्नु भन्ने पाठ र शिक्षा नसिक्नेहरु अमेरिकामा सधै पछि परे भनेर जान्दा भयो।

तपाइको नारा, थेगो सिड मनि भनेको चाहि के हो नि ? धेरैले सोधे मलाइ। आफ्नो मालिक आफ्नै बन्ने, सम्ब्रिदि र आर्थिक स्वतन्त्रताका लागि शुरु गरिने आफ्नो प्रयासका लागि चाहिने बिउ मनि अर्थात जगेडा आर्थिक स्रोतलाइ सिड मनि भनिन्छ र त्यसका लागि खट श्रममा, कम सुत​, कमै खाउ, फजुल खर्चबाट आफुलाइ बचाउ र केहि बिउ पैसा जगेर्ना गर जसले अमेरिकामा आर्थिक समुन्नतिका लागि केहि गर्ने बाटो खोलिदिन्छ तर रमाइलो गर्ने, भोज भतेर पार्टीमा रमाउने, आफ्नै समुदाय र ठुला एबम महङ्गा शहरमा बस्ने रहर नत्यागे तपाइलाइ सम्ब्रिदि प्राप्त हुने छैन अमेरिकामा।  गरि खान​, अबसरको सदुपयोग गर्न​, केहि गरौ है भन्ने इच्छा र चाहना बोकेका मन र मस्तिष्कहरुलाइ अमेरिकन भुमि काइदा छ तर यो मेलोमेसो नबुझ्नेहरुका लागि भार भन्दा बाहेक अरु छैन अमेरिका जहा बाच्ने बाहेक अरु हुनै सक्दैन। केहि गर्न र आर्थिक समुन्नतिका लागि आफ्नो साहु आफै बनौ, आफ्नो तनाखा आफै ब्यबस्था गरौ साना ब्यबसाय मार्फत​।