‘हास्यकलाकार सिंहदरबार पसे’

२५ बैशाख २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
11 Shares


काठमाडौं – नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले जनता र कांग्रेसलाई जोड्न जागरण अभियान सुरु गरिएको बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित शुभारम्भ कार्यक्रममा उनले अभियानले कांग्रेसमा नयाँ रक्तसञ्चार गर्ने विश्वास व्यक्त गरे ।  “जबजब नयाँ ईतिहास रचना गर्नुपर्ने अवस्था आउँछ, तब कांग्रेसले जागरण अभियान सञ्चालन गर्छ । २००७ र २०४६ मा पनि कांग्रसले जागरण अभियान सञ्चालन गरेको थियो,” उनले भने ।  पार्टिभित्रको मतभेदलाई भुलेर एकताबद्ध भएर अभियानमा लाग्न जरुरी रहेकोमा उनले जोड दिए । कांग्रेस कमजोर हुँदा राष्टियता, लोकतान्त्रिक व्यवस्था कमजोर भएको उनको दाबी छ । हास्यकलाकारले देश चलाएको टिप्पणी गर्दै खाँणले हास्यकलाकार सबै स्टेज छोडेर सिंहदरवार पसेको बताए ।

हिजो (मंगलबार) संसदमा प्रधानमन्त्री केपी ओलीले गैरसंसदीय भाषा प्रयोग गरेर नयाँ इतिहास रचेको टिप्पणी खाँणले गरे । ओलीले काठमान्डुलाई मास्कमान्डु बनाएको आरो पनि उनले लगाए । “मदन भण्डारीका हितैसी मित्र सरकार र राष्ट्रपटि भएको बेला हत्यारा कहिले पक्राउ पर्छ भनेर सोध्न नपाइने ? ओलीलाई फलानो मन्त्रीले भ्रष्ट्राचार गरेन भनेर न्यायिक फैसला गर्ने अधिकार कसले दियो भनेर प्रश्न गर्न नपाउने ?” हिजो कांग्रेस सांसदले ओलीलाई सोधेको प्रश्नबारे प्रस्ट पार्दै खाँणले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद