धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै आन्दोलन जारी

प्रकाशित मिति:

धनकुटा – प्रदेश १ को राजधानी धनकुटा बनाउन माग गर्दै दबाबमूलक कार्यक्रम जारी राखिएको छ । धनकुटाको जिरो प्वाइन्टमा मंगलबार १ घण्टा चक्काजाम र राति डेढ घण्टा ब्ल्याक आउट गरिएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाको अवस्था सामान्य रहेको जनाएको छ ।

प्रदेश सभाले प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई कायम गर्ने निर्णय गरेको छ । तर यहाँका बासिन्दाले भने धनकुटालाई स्थायी राजधानी बनाउनुपर्ने माग गर्दै आएका छन् । धनकुटालाई प्रादेशिक राजधानी नबनाए जिल्लाको पहिचान, इतिहास र अस्तित्व मेटिने धनकुटेलीहरुको चिन्ता छ ।