कार्यकाल अवधीभर फरक र प्रभावकारी कार्यक्रम गर्ने लक्ष्य छ : यम प्रसाद तिवारी , अध्यक्ष बुटवल जेसिज

प्रकाशित मिति:

सन् १९७४ मा बुटवल नगरीमा स्थापना भएको बुटवल जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी जेसीजले व्यक्तिगत, व्यवसायिक, सामुदायीक र अन्तराष्ट्रिय क्षेत्रमा युवाहरुलाइ नेतृत्वदायी भूमिकामा सक्रिय बनाउने योजनाका साथ आफ्ना कार्यक्रमहरु केन्द्रित गर्ने गर्दछ । बुटवल नगरीकै पुरानो संस्था बुटवल जेसीज सन् २०१८ को नेतृत्व यम प्रसाद तिवारीले गर्नु भएको छ । सिदार्थ इन्स्योरेन्स बुटवल शाखाका प्रबन्धक समेत रहनु भएका तिवारीले आफ्नो कार्यकालमा अन्तराष्ट्रिय स्तरको तालिम अनजिप २०१८ सम्पन्न गरेर जेसीज अभियानमा नयाँ आयाम थप्न सफल हुन भएको छ । आईतबार देखि बुटवल जेसीजले स्वस्थ युवा सुखी परिवार भन्ने मुल नाराका साथ जेसीज अभियान सञ्चालन गर्न लागेको छ । जेसीज अभियान र सप्ताहको बारेमा सन्जु पौडेलले यम प्रसाद तिवारी संग गरेको संक्षिप्त कुराकानी ः
बुटवल जेसीजले यो वर्षको जेसीज सप्ताहमा किन गर्न लागेको हो ?
बुटवल जेसीजले प्रत्येक वर्ष जेसीज सप्ताह मनाउने गर्दछ । यो वर्ष अलि फरक र प्रभावकारी तरिकाले जेसीज सप्ताह मनाउने लक्ष्यका साथ हामी अगाडि बढेका छौं । संसारमा अपराध, मृत्यु र रोग तथा र घरायसी हिंसाको प्रमुख कारक तत्वको रुपमा रहेको लागु औषध दुव्र्यसनको समस्याले नेपाललाई पनि प्रतिकुल असर पारिसकेको छ । बुटवल नगर पनि लागु औषध दुव्र्यसनको कारण उच्च जोखिम तथा मार रहेको देखिन्छ ।
यसकारण बुटवल जेसीज वर्ष २०१८ ले ‘स्वस्थ युवा सुखि परिवार’ भन्ने मुल नाराका साथ विश्व युवा दिवसको अवसर पारेर जेसीज सप्ताहमा लागु औषध दुव्र्यसन न्युनिकरणको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेको हो । सप्ताहको प्रदेश नम्वर पाँचका सामाजिक विकास मन्त्री माननीय सुर्दशन बरालले  उद्घाटन गर्दै हुनुहुन्छ ।

तपाईहरुको कार्यक्रमले दुब्र्यसन न्यूनिकरणको लागि कसरि सहयोग गर्छ त ?
सचेतना अभियान लिएर हामी युवाहरुको माझमा नै जाने हो । हामीले बुटवलका विभिन्न क्याम्पसमा यो अभियान सञ्चालन गर्दै छौ । हाम्रो लक्ष्य भनेकै युवालाई स्वस्थ रहन र दुब्र्यसनबाट बच्न सन्देश प्रवाह गर्ने हो । यसको लागि हामीले श्रब्यदृष्य सामग्री प्रर्दशन गर्ने छौं भने सम्वन्धीत विषयमा लामो अनुभव हासील गर्नु भएको ब्यक्ति÷प्रशिक्षकबाट प्रशिक्षण हुने छ । यो कार्यक्रम सम्पुर्ण कलेजका गरि करिव १५ सय युवाहरुको माझमा सञ्चालन हुने भएकोले दुब्र्यसन न्यूनिकरणको लागि ठुलो भूमिका खेल्नेमा हामीले विस्वास लिएका छौं ।
यस्ता कार्यक्रमहरु बेला बेलामा भईरहेकै छन तर दुब्र्यसनको समस्या दिनानु दिन बढदै छ, जेसीजले अल्ली गम्भिर तरिकाले सोच्नु पर्ने होइन र ?
तपाईले सहि कुरा उठाउनु भयो । हामी गम्भिर भएर नै यो कदम चालेका हौं । हामीले यसको तयारी करिव ३ महिना अघि देखि गरेका हौं । दुब्र्यसन न्युनिकरणको लागि काम गरिरहनु भएको महानुभावहरु संगको छलफल पछि बल्ल हाम्रो कार्यक्रम तय भएको हो । हामी कलेजहरु सचेतना अभियान सञ्चालन गरेर मात्र कार्यक्रमको विट मार्दैनौं । तपाईले भने जस्तै गम्भिर भएरै सप्ताहको अन्तिम दिन दुब्र्यसन न्युनिकरणको लागि बृहत छलफल कार्यक्रम तय गरेका छौं । बुटवल उपमहानगर, यस क्षेत्रका नागरिक अगुवा,पत्रकार,विभिन्न संघसंस्थाका प्रमुख,प्रहरी र सरोकारवाला निकाय संग बुटवल नगरमा दुब्र्यसन कसरि न्युनिकरण गर्ने ? सन्र्दभमा छलफल हुने छ ।
अब तपाईको कार्यकालको कुरा गरौं, अहिले सम्म के कस्ता कार्यक्रम गर्नु भयो त ?

मैले बुटवल जेसीजको नेतृत्व सम्हाले लगत्तै यस क्षेत्रकै लोकप्रिय रेडियो बुटवल एफएमबाट रेडियो कार्यक्रम जेसीज आवाज सञ्चालनमा आएको छ । जसको माध्यमबाट नन जेसीजको लागि जेसीज अभियानको बारेमा जानकारी गराएको छ । यस्तै मेरो कार्यकालको सुरुवातमै छिमेकी शाखाहरुसंगको सम्वन्धलाई थप बलियो बनाउन फुटसल प्रतियोगीता सम्पन्न भयो । युवाहरुलाई उद्यमशिलता लाग्न प्रेरित गर्नु पर्छ भन्ने मेरै नेतृत्वमा साथ बहुशाखा तालिम पनि सम्पन्न भएको छ । जुन तालिम जेसीआई सिद्धार्थ, जेसीआई सिद्धार्थ लेडि, बुटवल महिला जेसीज र बुटवल जेसीजले संयुक्त रुपमा आयोजना गरेका थिए । युवाहरुको जिवन शैलिलाई ब्यवस्थित बनाई सक्रिय नागरिक बनाउने लक्ष्यका साथ यो वर्ष अन्तराष्ट्रि स्तरको तालिम अनजिप २०१८ सम्पन्न भएको छ । जुन तालिम हामीले जेसीआई गोरखपुरसंग संयुक्त रुपमा सम्पन्न गरेका थियौं । यस्ता महत्वपुर्ण कार्यक्रमहरु धेरै भएका छन् ।
यि त जेसीज सदस्यहरुको लागि मात्र भएका तालिम भए नन जेसीजको लागि बुटवल जेसीजले किन तालिमको आयोजना गर्दैन ?
हेर्नुस नेतृत्व र ब्यक्तित्व निखारिए पछि जेसीजका युवाहरु जाने भनेको समाजमा नै हो । जेसीजबाट सिकेका कुरा उनीहरुले आफ्नो परिवारमा साथिभाईको समुहमा, ब्यापार ब्यवशायमा र आवद्ध संघसंस्थाले लागु गर्छन । यसबाट ननजेसीजले धेरै कुरा सिक्ने अवसर पाउँछन । अर्को कुरा बुटवल जेसीजले ननजेसीजहरुलाई निशुल्क रुपमा तालिम दिदै आएको छ । यो वर्ष पनि पब्लिक स्पिकर बुटवल कार्यक्रम अन्तरगत जेसीआई बुटवल एकेडेमी सञ्चालन गरेर सय भन्दा बढि युवाहरुलाई दिक्षित गर्ने लक्ष्यका साथ हाम्रो टिम अगाडि बढेको छ । जेसीज भनेको अनौपचारिक विश्व विद्यालय हो जहाँ औपचारि विश्व विद्यालयमा पढ्न नपाएका कुरा हरु पढन पाईन्छ । बुटवल जेसीजमा पनि राम्रा राम्रा प्रशिक्षक हुनुहुन्छ । यदि कुनै संघस्था र ब्यक्तिलाई तालिमको आवश्यकता परे हामी समन्वय गरेर अघि बढ्न तयार छौं ।