गायिका सरस्वती लामाविरुद्ध उजुरी

२५ बैशाख २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
54 Shares


काठमाडौं – स्टेज शो र म्युजिक भिडियोमा भल्गर प्रस्तुत गर्ने गायिका सरस्वती लामाविरुद्ध ललितपुर प्रहरी विटमा ठगीको उजुरी परेको छ । उनका पति धनबहादुर लामाले सरस्वतीले एक करोड ६ लाख ठगी गरेको भनी प्रहरीमा उजुरी दिएका हुन् । ०६४ सालमा काभ्रे मादनकुडारीका लामासँग सरस्वतीले प्रेम विवाह गरेकी थिइन् । लामाले आफूले वैदेशिक रोजगारीका क्रममा कमाएको रकम र जायजेथा लिएर सरस्वती फरार रहेको उजुरी यसै महिना प्रहरीमा दर्ता गराएका हुन् ।

लमा ०७१ सालमा धन कमाउनका लागि भन्दै युएई उडेका थिए । आफूले कमाएको रकमबाट एउटा स्कुटर, १ लाख १० हजार मूल्य बराबरको आइफोन, २ लाख ८० हजार बराबरको ब्रासलेटलगायतका सामान र नगद पनि ठगी गरेको उजुरीमा उल्लेख छ । सुनको चुरा, सुनकै औंठी, सिक्री र रिङ मात्र बनाइदिएनन्, पटक–पटक गरी ग्लोबल आइएमई बैंकबाट ३४ लाख ५२ हजार ५ सय ८६, महालक्ष्मी विकास बैंक दरबारमार्ग शाखामा ११ लाख ९८ हजार ५ सय ११, इन्भेष्टमेन्ट बैंकमार्फत ३ लाख ९० हजार, एभरेष्ट बंैकमार्फत ३ लाख र बैंक अफ काठमाडौंमार्फत ४ लाख ५० हजार पठाएको उजुरीमा उल्लेख छ ।

कोठामा रहेको १५ लाखभन्दा बढी सम्पत्ति, गर गहना र नगद रकमसहित श्रीमती फरार भएको चाल पाएपछि उनले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सरस्वतीसहित उनका प्रेमी पिटर खालिङलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार सम्बन्ध विच्छेद र ठगीसम्बन्धी मुद्दा भएकाले अदालतमा पठाइएको छ । सरस्वतीलाई भने सामान्य तारेखमा छाडिएको छ । पिटर र सरस्वती खालिङ सिष्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘द डार्क एण्ड लाइट’ चलचित्रबाट नजिकिएका थिए ।

उजुरी यस्तो छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृतक र बिदेसबाट आउने नेपालीबारे – डा रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ
  • दुई युवकलाई निर्घात कुटपीट गर्ने ,सशस्त्र प्रहरीलाई कारबाहीको तयारी
  • वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोनाको रिपोर्ट आउनै वाकी
  • भाइरसले भन्दा भय र त्रासले आतंकित
  • बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट नेगेटिभ…
  • टोल बिकास समितीले सचेतना सहित मास्क र साबुन बितरण गर्‍यो…
  • भारतबाट आएकी वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु
  • कञ्चनको वारेन्टाइनमा योगाभ्यासको मार्फत आत्मबल बृद्धी गराइदै
  • सामान क्लब द्धारा इलाका प्रहरी कार्यालय मंगलापुरलाई सहयोग समाग्री हस्तान्तरण
  • सुस्ताको यात्राका केही कुरा