बुटवल जेसीजद्धारा सडक सुरक्षा प्रशिक्षण सम्पन्न

प्रकाशित मिति:

बुटवल – बुटवल जेसिजले सडक सुरक्षा प्रशिक्षण कार्यक्रम गरेको छ । संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय पाँचौं सडक सप्ताहको अवसरमा प्रशिक्षण कार्यक्रम गरिएको हो । लुम्बिनी बाणीज्य क्याम्पसमा भएको कार्यक्रममा २ सय जना विद्यार्थीहरुको सहभागीता थियो । कार्यक्रममा पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरिक्षक भिमसेन घिमिरेले सडक सुरक्षा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले सडक सुरक्षामा विद्यार्थी र शैक्षिक संस्थाको पनि महत्वपुर्ण भूमिका हुने भएकोले कार्यक्रमको आयोजना गरिएकोे बताउनु भयो ।

कार्यक्रमकालागि राष्ट्रसंघका प्रतिनिधि सुदीप अर्यालले सडक सुरक्षाको कार्यक्रममा सरोकारवाला सबैको ध्यान जानुपर्ने बताउनुभयो । बुटवल जेसिजका अध्यक्ष नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी बाणीज्य क्याम्पसका प्रमुख डा. ताराप्रसाद उपाध्याय, प्राध्यापक विष्णु जोशी, बुटवल जेसिजका महेश पाण्डे, सञ्चारकर्मी रमेश अर्याल लगायतले सडक सुरक्षाका सम्बन्धमा आ आफ्ना भनाइ राख्नुभएको थियो ।