हिमवत् खण्डको महिमा सम्बन्धी कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

दिया तिवारी/ बुटवल  -संस्कृति निर्माणमा हिमवत् खण्डको भूमिका विषयक् अन्तक्र्रियात्मक गोष्ठी बुधवार सिद्धबाबा मन्दिरमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा राष्ट्रपतिका धार्मिक एवम् सांस्कृतिक सल्लाहकार खेमचन्द्र ढकालले हिमवत खण्डको उद्भव,ऐतिहासिक पृष्ठभूमि,वर्तमानमा यस क्षेत्रको महत्व र यस धार्मिक,ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रमा पार्ने प्रभावका सन्दर्भमा प्रकाश पारेका थिए ।

हिमवत् खण्डमा पर्ने ऐतिहासिक,धार्मिक एवम् पर्यटकीय क्षेत्रका सन्दर्भमा राष्ट्रपति कार्यालयले नयाँ योजनाका साथ अघि बढ्ने नीति लिएको हुँदा पनि यसको महत्व बढ्दै गएको बताए ।  उक्त गोष्ठीमा संस्कृतिकर्मी राजेन्द्र कुमार आचार्य,अमर प्रधान,दलबहादुर गुरुङ,गणेश घिमिरे लगायतले आआफ्ना विचार प्रस्तुत गरेका थिए ।