अढाई वर्षीया बालकको घाँटी रेटी हत्या

प्रकाशित मिति:

जनकपुर – धनुषाको ढल्केवरमा एक अढाई वर्षीया दुधे बालकको घाँटी रेटी हत्या भएको छ । हत्या पछि ढल्केवर टोल अहिले शोकमा डुबेको छ । बैदेशिक रोजगारीमा रहेका सम्भु साहको साढे दुर्इ वर्षीय छोरा आर्यन साह सोमबार दिउसोदेखि हराइरहेका थिए ।

मंगलवार विहान बालकको आफ्नै घर पछाडिको आँपको बगैचामा घाँटी रेटेर हत्या भएको अवस्थामा फेला परेको छ । हत्यारालाई तत्काल पक्राउ गरी कानूनको कटघरामा ल्याउनु पर्ने स्थानिय र मृतक परिवारको माग छ ।

घटना स्थालमा प्रहरीले घेरा हाली अनुसन्धान गरिरहेको छ । धनुषा प्रहरी अहिले घटनाको सूक्ष्म अनुसन्धानमा लागेको बताएको छ । घटना स्थल भन्दा दुइ सय मीटर पूर्व रगत लागेको झोला फेला समेत फेला परेको छ । घटनास्थल हाइवेवाट आठसय मीटर उत्तरमा पर्छ । घटना अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ अघि बढाएको छ । पक्राउ परेकाहरुलाई अहिले ईलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ ।