नेविसंघ खोज्दै राष्ट्रिय सभागृह

प्रकाशित मिति:

काठमाडौंः कांग्रेसको जागरण अभियानमा भातृ संगठन नेपाल विद्यार्थी संघका केहि विद्यार्थीहरुले नेविसंघको विवादहरु नटुंगाएकोमा त्यसको आक्रोस पोख्दै नेविसंघ खोज्दै राष्ट्रिय सभागृह पुगेका छन् ।

बुधबार राष्ट्रिय सभागृहमा माउपार्टी नेपाली कांग्रेसले जनजागरण अभियान सुरु गर्नै लाग्दा उनीहरु नेविसंघ खोज्दै त्यहाँ पुगेका हुन् ।उनीहरुले ‘आदरणीय पार्टी सभापति ज्यू, नेपाली विद्यार्थीसंघ खोई कहाँ छ रु कता हरायो रु’ भन्ने व्यानर बोकेका थिए ।नेविसंघका निवर्तमान कोषाध्य शिव रिमालको नेतृत्वमा पुगेका विद्यार्थीहरु सभापति देउवासहित सभागृहमा आउने बाटोमा बसेर नेविसंघ हराएको ब्यानर देखाएको विद्यार्थी नेता मोतिलाल भण्डारीले बताए ।माउपार्टी जनजागरण अभियानमा लागेको समयमा भातृ संगठन नेविसंघले आफ्नो अस्तित्व खोज्न थालेका हुन् ।