अन्धो समाज उपन्यास विमोचन

प्रकाशित मिति:

प्रकाश नेपालीको उपन्यास अन्धो समाजको विमोचन गरिएको छ । रेडियो जागरण, शिखा बुक्स र लुम्बिनी वाङमय प्रतिष्ठान रूपन्देहिको आयोजनामा शनिबार वुटवलमा एक कार्यक्रमका विच साहित्यकार भुवनहरी सिग्देलले विमोचन गरेका हुन । सो अवसरमा बोल्दै साहित्यकार सिग्देलले समाजलाई सचेत गराउने गरि कृति ल्याएको बताए । उनले सामाजिक संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताए । उपन्यासको समीक्षा गर्दै साहित्याकार शान्ता शर्माले उपन्यासले समाजमा रहेको जातिय छुवाछूत जस्ता कुुुरिती उठाईएकोे बताईन ।

अर्का समिक्षक जिवन न्यौपानेले समाजको यथार्थ कथा समेटिएको बताए । कार्यक्रममा बरिष्ठ साहित्यकार जंग बहादुर शाहले जातिविहिन समाज बनाउदा मात्रै विभेद हट्ने बताए । उनले किताबमा भएको बिषयलाई कार्वन्वयन गर्न सुझाव दिए ।कार्यक्रममा शिखा बुक्सका प्रकाशक पुष्पराज पौडैल, रूद्र ज्ञवालि, लक्ष्मण ज्ञवालि, लुम्बिनी वाङमय प्रतिष्ठानका केन्द्रिय सदस्य ऋषि आजाद, नारायण बोलेका थिए । लुम्बिनि वाङमय प्रतिष्ठान रूपन्देहीका अध्यक्ष पुरूषोत्तम पाण्डेको अध्यक्षता, पत्रकार विनोद परियारको स्वागत, लेखक प्रकाश नेपालिको धन्यवाद ज्ञापन तथा प्रचण्ड पाण्डेको सञ्चचालन तथा नवरत्न मावि सेमलारका प्राचार्य हेमराज आचार्यले लेखकका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कविता तथा गजल वाचन गरिएको थियो । शिखा बुक्सले प्रकाशनमा ल्याएको उपन्यासले सामाजमा रहेको छुवाछुत, महिला हिंसा, रजस्वला बार्ने, चेलिबेटि बेचविखन, अन्तरजातीय विवाह जस्ता विषयलाई उठान गरेको छ । २५६ पेजको यो उपन्यासलाई ज्ञानज्योति बुक्स पब्लिकेशनले बजारमा ल्याएको छ । पर्वत विहादि ५ भतेरपाटामा २०५७ साल असौज १७ गते जन्मेका लेखक प्रकाश नेपाली वुटवल स्थित नवरत्न मावि सेमलारबाट यो बर्ष कक्षा १२ को पढाइ सकाएका छन ।