“गण्डकी स्मार्ट” सञ्चालनमा

२५ बैशाख २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
0 Shares


बुटवल -गण्डकी विकास बैंक लिमिटेडले विभिन्न अत्याधुनिक सुविधा सहितको गण्डकी स्मार्ट सेवा सञ्चालनमा ल्याएको छ । स्मार्ट मोवाइलवाट चलाउन सकिने उक्त सेवा भित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोवाइल बैंकिङ्गका साथै इन्टरनेट बैंकिङ्ग र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएका छन् ।

GPRS/WIFIनै पनि माध्यमवाट चलाउन सकिने उक्त सेवावाट बायोमेट्रिक लगइन, प्रयोगकर्ता क्यू आर कोड, क्यूआर कोड पेमेन्ट, बिद्युत महशुल भुक्तानी, खानेपानी महशुल भुक्तानी, गण्डकी विकास बैंक भित्र वा अन्य सदस्य बैंकहरुमा रकमान्तरण सुविधा, मोवाइल टपअप, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इन्टरनेट विल, एयरलायन्स टिकट खरिद, बैंक शाखा तथा एटीएम रहेका स्थान विवरण, खाताको विवरण डाउन्लोड सुविधा लगायतका विभिन्न सेवाहरु रहेका छन् । प्रविधिमा आएको विकाससँगै बैंकका सेवा सुविधालाई छिटो छरितो र स्तरीय बनाउन बैंक प्रतिबद्धताको निरन्तरता स्वरुप यो सेवा सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले जानकारी गराउनुभयो ।

यो सेवा प्रयोगका लागि गण्डकी विकास बैंकमा खाता भएका ग्राहकहरुले login गरी प्राप्त गर्न सक्ने जनाइएको छ । हाल बैंकको मोवाइल बैंकिङ्ग सेवा प्रयोग गदैं आएका ग्राहकहरुले login पेजमा आफ्नो मोवाइल नम्बर र पासवर्डको लागि अहिले प्रयोग गरेको चार अंकको कोड राखेर login गरेपछि नयाँ पासवर्ड तथा कारोवार कोड सेट गर्न सकिने छ ।
यो सेवा प्रयोग गर्न चाहने नयाँ ग्राहकले भने उक्त ब्उउ मा दिएको निर्देशन अनुसार वा गण्डकी विकास बैंकको कुनै पनि शाखामा सम्पर्क गरी यो सेवा सुचारु गर्न सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस