इसुजु डी म्याक्स सिङ्गल क्याबको बुटवलमा विक्री सुरु

प्रकाशित मिति:

बुटवल-जापानीज कम्पनीको इसुजु डी म्याक्स सिङ्गल क्याब गाडीकोबुटवलमा विक्रि बितरण बुधबारबाट बुटवलमा सुरु भएको छ । विश्वमै चर्चाकमाएको तथा एक सयवर्षे इतिहास बोकेको इसुजुले ल्याएको फोर ह्वीलरसिङ्गल क्याबको विक्रि वितरण बुटवलको संग्रिला ट्रेड कन्सर्नले गरेको हो |बुटवलमा भएको कार्यक्रममा साना तथा मझौला ढुवानी व्यवसायी संघ
रुपन्देहीका अध्यक्ष लक्ष्यण चौहान क्षेत्रीले गाडी विक्रि वितरणको शुभारम्भगरेका हुन् ।

उनले थोरैथोरै लगानी गरेर तथा कमाएर पेशा धान्नेहरुका लागि इसुजु डी म्याक्स सिङ्गल क्याब गाडी राम्रो भएको उल्लेख गर्दै मर्मत, पाट्र्स रवारेन्टिमा कम्पनी तथा विक्रेताले सही जानकारी दिनुपर्ने सुझाव दिए ।संग्रिला ट्रेड कन्सर्न बुटवलका प्रवन्ध निर्देशक विनोद खरेलको अध्यक्षतामाभएको कार्यक्रममा औधोगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, ओम केसीलगायतले आआफ्ना भनाइ राखेका थिए । कार्यक्रममा संग्रिला ट्रेड कन्सर्नकासेल्स म्यानेजर विष्णु भुषालले डिजेल इन्जिन भएको अफरोड तथा अनरोडका
लागि उपयोगि सुजु डी म्याक्स सिङ्गल क्याब २ हजार ५ सय सिसी तथा १२ क्यून्टलक्मता भएको गाडी भएको बताए । उनले तीन वर्षे वारेन्टी भएको सिङ्गल क्याबको अहिलेको बजार मूल्य २४ लाख ९० हजार रहेको जानकारी दिए ।