पतिले निर्घात कुटेपछि अस्पताल भर्ना

२५ बैशाख २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
96 Shares


भक्तपुर -श्रीमानको कुटाइबाट भक्तपुर नगरपालिका १० की २७ वर्षीया अर्पणा लवजू ९जरेजू० अस्पताल भर्ना भएकी छन्। उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ।

उनलाई मंगलबार साँझ साढे पाँच बजे कोठा थुनेर ३२ वर्षीय मनिषले कुटपिट गरेको स्थानीयले बताएका छन्। सुरुमा भक्तपुर अस्पताल लगिएकोमा त्यहाँंबाट रिफर गरी मध्यपुर अस्पताल लगिएको हो।कुटपिटपछि पतिमाथि कारबाहीको माग राखी महानगरीय प्रहरी परिसर भक्तपुरमा निवेदन दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया