धादिङमा कांग्रेसको जागरण अभियान सुरु

प्रकाशित मिति:

धादिङ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धादिङ जिल्लामा ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । गमलामा पानी हालेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बुधबार अभियानको सुरुवात गरे । पौडेलले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने र पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने बताए ।

‘अभियानमा कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्ने उद्देश्य रहेको छ’ अभियानको बारेमा बताउँदै उनले भने, ‘देशका सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ ।’जागरण अभियानका उद्घाटन कार्यक्रम र भाषण छरितो ढंगले संचालन गरिएको छ ।

अभियानको बारेमा कांग्रेस धादिङका सभापति रमेश धमला, महिला वक्ताको रुपमा महिला संघको अध्यक्ष अम्बिका अधिकारी र प्रमुख अतिथि पौडेलले मन्तव्य राखेका थिए । जागरण अभियान अन्तर्गत अभियानको उद्देश्य सम्प्रेषण गर्ने, सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीको अभिलेख संकलन कार्यक्रमलाई तीव्रता दिने र संकटकालका ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गरिने जनाएको छ ।अभियानको प्रथम चरण बुधबारबाट प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते ९बिपी जयन्ती० दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते ९मेलमिलाप दिवस० समापन हुने जनाएको छ । प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुने कार्यतालिका रहेको नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य नवराज तिमिल्सीनाले जानकारी दिए । अभियानअन्र्तगत पार्टीका पुराना अग्रजलाई सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसीस्थिति बुझ्नाका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाव ग्रहण गर्ने, शहीदका घरपरिवार भेट्ने, श्रद्धा प्रकट गर्ने तथा मुलुक र पार्टीका लागि सुझावसमेत लिइने बताइएको छ । सो अवसरमा पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा विजयी भएकासँग पार्टीको चुनावी घोषणापत्र र नागरिकको अपेक्षाअनुरूपका काम के–कस्तो रूपमा भएका छन् भन्ने सम्बन्धमा समेत समीक्षा कार्यक्रम गरिने नेपाली कांग्रेसले जनाएको छ ।

थप समाचार