टपरीमा दिसा ल्याएर मुखमा कोचाउने महिला पक्राउ

२६ बैशाख २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
23 Shares


सुर्खेत – बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो ।

वैशाख २४ गते करङ्गेगाउँकै ६० वर्षीय तेजबहादुर खत्रीलाई टपरीमा लुकाइछिपाइ ल्याएको दिसा मुखमा कोच्याएको सूचना प्रहरीमा प्राप्त भएपछि दङ्गालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

प्रवक्ता क्षेत्रीका अनुसार दङ्गालीले सोही गाउँपालिका–७ बर्राचौरस्थित कल्याण काँधदेखि नयाँ वन जोड्ने कच्ची सडक खन्दै गरेको अवस्थामा दिसा मुखमा कोचेकी थिइन् । उनलाई तत्काल इलाका प्रहरी कार्यालय बाबियाचौरले नियन्त्रणमा लिएको थियो । दङ्गालीलाई मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद १० को दफा १६८ बमोजिम अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
  • तरूण विभागद्वारा कालिन्चोकका बाढीपिडितलाई राहत हस्तान्तरण
  • शेयर बजारमा अनलाइन प्रयोगकर्ता ५७ हजार
  • प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
  • पश्चिम नवलपरासीमा शनिबार देखी एक हप्ता सम्म निषेधाज्ञ
  • लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ
  • रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण
  • सिन्धुपाल्चोक पहिरो : चारको शव भेटियो, ३४ बेपत्ता
  • लायन्स क्लब अफ बुटवल जितगढीद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग !
  • घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बैठक सम्पन्न,महासचिवमा छोन्जोम लामासहितका पदाधिकारीहरु…