कांग्रेस जागरण यात्राको लागि शुभकामना र मेरो सुझाब !

प्रकाशित मिति:

यदुराम सापकोटा / जापान  – बैशाख २५ गतेबाट नेपाली कांग्रेसले जागरण यात्रा सुरु गर्दै छ।कांग्रेस जागरण यात्रामा यसपाली,खादा ब्याज,फुल माला प्रयोग नगर्ने र आसनग्रहण र भाषण छोटाउने निर्णय गरेको छ।यो सर्हानिय छ ,यसलाई सँधैभरी सबै कार्यक्रम हरुमा निरन्तरता दिईयोस्।

-बिगतमा जस्तो गाँउभरी बाट कार्यकर्ता जम्मा गरेर शहरमा आम सभा गर्नु भन्दा,गाँउ गाँउ टोल टोलमा जानुहोला! गाँउ टोल मा कांग्रेस कार्यकर्ता संग मात्र हैन ,अन्य पार्टी का कार्यकर्ता स्वतन्त्र नागरीक हरु सँग पनि अन्तरक्रियात्मक कार्यक्रमहरु गर्नुस।

-आमसभा र जुलुस भन्दा बढी घर दैलो गर्नुस,घर घर पुगेर सोध्नुस,जनता कम्युनिस्ट सरकार सँग कती सन्तुस्टी छन,प्रतिपक्ष लाई के भन्छन घर घर गएर बुझ्नुस!जनतालाई केपी वलीको पानीजहाज र रेल थाहा छ छैन,बिश्वास छ छैन र कांग्रेसको धारणा के हो त्यो बुझ्नुस।

-सामाजिक सञ्जाल चलाउने हामीहरुलाई त थाहा छ तर सामाजिक सञ्जाल नचलाउने गाँउका बा आमा,हजुरबा हजुरआमा हरुलाई ,वाईडबडी कान्ड,एनसिएल भर्ष्टचार,महँगी,एनटीसी फोर जी कान्ड,मेलन्ची कान्ड,बलत्कार हत्या हिंसा कान्ड ले छोएको छ छैन त्यो पनि बुझ्नुस।नँया सरकार बनेपछी जनताले सुरक्षित महसुस गरेका छन की छैनन सोध्नुस।

– नेता ज्यु हरु,गाँउ जाँदा हेलिकप्टर चढेर नजानुस,सकभर निजी गाडी पनि नचढ्नुस,सार्वजनिक यातायात चढेर जनता सँगै कुरा गर्दै जानुस।अगाडी पछाडी सुरक्षा कर्मी बाट घेरिएर नजानुस।सकभर गाडी नपुगेका ठाँउ सम्म पनि हिडेर जानुस्।गाँउ जाँदा ठुला होटेलमा बसेर ह्विस्की बियर र कुखुरा का सपेटा नखानुस,गाँउका झुपडीतिर जानुस,त्यो झुपडीमा जे पाक्छ त्यही खानुस,गरिबहरु बसेका पानी चुहीने छाना मुनी १ /२ रात बिताउनुस।गाँउतिर जनताको अवस्था केछ आफ्ना आखाँले बुझ्नुस।
– गाँउघर तिर जाँदा त्यहाँ भेटिने बाबा आमा हरुलाई सोध्नुस छोरा छोरी कहाँ कुन देश छन भनेर,के भयो भने देश फर्केर आउलान भनेर बुझ्नुस,सोध्नुस। देशमा बसेर काम छैन भनेर परदेश हिड्न लागेका युवाहरु को कुरा पनि सुन्नुस।गाँउतिर बाझीएका खेतबारी र त्यहाँ को संभावना अवलोकन गर्नुस।

– गाँउतिर बनेका र बन्दै गरेका सडक हरुको अवस्था बुझ्नुस,त्यहाँका सार्वजनिक र सरकारी बिधालयको अवस्था बुझ्नुस,अस्पताल र स्वास्थ्य संस्था हरुको अवस्था बुझ्नुस।गाँउतिर किसान र मजदुरहरुको अवस्था बुझ्नुस।

– जिल्ला पुगेपछी त्यहाँ का भातृसंस्थाहरु ,शुभेच्छुक संस्थाहरुको अवस्था बुझ्नुस,समितीहरु छन छैनन बुझ्नुस।समिती मा रहेका हरु नेपालमै छन कि बिदेस पुगिसके ,गाँउमा छन कि राजधानी छन,गाँउमा छन कि सदरमुकाम छन ,संगठन बनाउन कती समय दिएर खटिएका छन बुझ्नुस,पार्टीका जिल्ला समितीहरु क्षेत्रिय समितीहरु,नगर,वडा ,टोल समितीहरु पुरा भए या भएनन,बिधान अनुसार मनोनित हुनुपर्ने समयमा भए या भएनन बुझ्नुस,भएका छैनन भने किन भएनन भनेर बुझ्नुस।

– स्थानिय निकाय का जनप्रतिनीधी हरु सँग जनतालाई सँगै राखेर अन्तरक्रिया गराउनुस्,कांग्रेस ले जितेका स्थानिय निकाय र कम्युनिस्ट ले जितेका स्थानिय निकाय सबै बुझ्नुस ,जनता सन्तुस्ट छन छैनन बुझ्नुस,स्थानिय निकायले के गरिदीए हुन्थ्यो भन्ने जनताको चाहाना छ त्यो पनि बुझ्नुस।चुनाब जितेका हरु ले के गर्दैछन,चुनाब हारेका हरु चुनाब हारेपछी मतदाता लाई धन्यबाद दिन फर्के या फर्केनन त्यो पनि बुझ्नुस।

– प्रदेस सभा,प्रतिनीधी सभा ,राष्टिय सभामा प्रतिनिधीत्व गरेका कांग्रेस सांसदहरु गाँउमा गएका छन छैनन भनेर बुझ्नुस।चुनाबमा हारेका हरु अहिले कता गए त्यो पनि बुझ्नुस।

– जनजागरण अभियानमा भेटिएका कार्यकर्ता हरु र जनताहरु लाई सोध्नुस ,कांग्रेस को नेत्रित्व कस्तो बनोस् भन्ने कार्यकर्ता चाहान्छन्?जनता लाई सोध्नुस ,कांग्रेसको प्रतिपक्ष भुमिका कस्तो होस् भन्ने चाहान्छन?अनि स्थानिय कांग्रेस नेता कार्यकर्ता लाई सोध्नुस कांग्रेस नेत्रित्व सँग के कार्यकर्ता सन्तुष्ट छन?

– गाँउमा भेटिने कार्यकर्ता लाई सोध्नुस तपाई कांग्रेसको कुन गुट को भनेर ,अनि बुझ्नुहुनेछ गाँउतिर गुटको पछाडी हैन चारतारे झन्डा र रुख चिन्ह भनेर दौडिने कार्यकर्ता लाखौ छन,गुट रुचाउदैनन भनेर।

– यस्तो अभियान १ महिना हैन ४ बर्ष सम्म चलाउनुहोस्।मेरो सल्लाह अब नेताहरु राजधानी हैन जिल्ला जानुहोस्,जिल्ला को सदरमुकाम र शहर हैन गाँउ गाँउ टोल टोल,घर घरमा जानुहोस्।

अन्तमा : यस जागरण यात्रा लाई शहरका आमसभाहरु मा मात्र सिमीत नराख्नुस,जनजागरण लाई जनसंवाद यात्राको रुपमा बदल्नुस।यस जागरण यात्राले कांग्रेस साच्चिकै बलियो बनोस्।कांग्रेस प्रती जनताको आशा छाओस्।कार्यकर्तामा खुशी पैदा होस्।नेता जिल्ला जाँदा कांग्रेसको गुट हैन मात्र कांग्रेस देखियोस्।मेरो शुभकामना।

जय नेपाल। ।