रुपन्देहीमा पहिलो पटक हुंदैछ संसदीय बहस प्रतियोगिता

प्रकाशित मिति:

रुपन्देही जिल्लामै पहिलो पटक संसदीय प्रणालीको नेपाली भाषाको वहस प्रतियोगिता हुने भएको छ । श्रावण २५ र २६ गते ज्ञानगंगा पाठशाला तिलोतमामामा रुपन्देही वहस–२०७५ संचालन हुने भएको हो । संदमा जस्तै अभ्यास विद्यालयतहका विद्यार्थीहरुलाऊ गराउने हेतुले बहस आयोजना गरिएको संयोजक किरण ज्ञवाललीले बताए ।
आयोजक बहसकर्ता नेपालले ुबहस यात्रा९२०७५ु कार्यक्रम अन्तर्गत प्रदेश ३, ४, ५ सउ ७ वटा जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागेको हो । संघिय संसदकै नमुनाका रुपमा हुने बहसमा विद्यार्थीहरुले सतापक्ष९विपक्ष, तल्लो सदन९माथिल्लो सदन बारे प्राविधिक बहस हुने भएको छ ।
क्लासिक ग्रुप र नमस्ते नेपालको संयुक्त आयोजनामा हुने कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरु सहभागि हुनेछन । आयोजक समूहले विगतमा विभिन्न ठाँउमा जिल्लास्तरीय प्रतियोगिता गरिसकेको छ ।
विद्यार्थीहरुको सिर्जनात्मक तथा पाठ्यक्रमका अतिरिक्तको गतिविधिहरुलाई साझा गर्ने लक्ष्यका साथ विगत केहि समयदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएका छौँ । शीक्षा मन्त्रालय र स्थानीय निकायहरुसंगकङ्को समन्वयमा हुने कार्यक्रममा सहभागि हुन प्रवेश शुल्क स्वरुप रु। १००० ९एक हजार मात्र० निर्धारण गरिएको छ । विजेता विद्यार्थीहरुलाई ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्करसहित सम्मानित गरिनेछ ।
कार्यक्रमले यस क्षेत्रका विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास र नयाँ शैलीको बहस को ज्ञान प्राप्त हुने हुनाले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।