कञ्चनमा पुष्प खेती तालिम

प्रकाशित मिति:

कञ्चन – कञ्चन गाउपालिका, कृषि शाखा कार्यलयको आयोजनामा दुई दिने पुष्प खेती प्रबिधि बिषयक तालिम शुरु भएकोछ।कृषि शाखा कार्यलयको सभाहलमा संचालन भएको सो तालिममा कञ्चन गाउपालिकामा संचालित विभिन्न कृषि सहकारी र कृषक समूहका ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिमको सहजिकरण प्रमुख प्रशिक्षक कमान सिंह दर्लामी र कृषि शाखा प्रमुख राम प्रसाद अधिकारीले गर्नुहुनेछ।

कञ्चनबासीलाई ब्यबसायिक रुपमा आत्म निर्भर गराउन र कञ्चनमा आउने आन्तरिक तथा बाह्य प्रयटकहरुको आकर्षण वृद्धि गर्न कञ्चनमा पुष्प खेतीको प्रबर्द्धन गर्न तालिमको आयोजना गरिएको शान्तीभुमी मुल कृषक समूहका अध्यक्ष मान बहादुर पुनले बताउनु भएकोछ।

शान्तीभुमी मुल कृषक समूहका अध्यक्ष मान बहादुर पुनको अध्यक्षता र कृषि शाखा प्रमुख राम प्रसाद अधिकारीको संचालनमा तालिमको शुभारम्ब भएको हो भने कञ्चन गाउपालिकाको आर्थिक सहयोगमा संचालित तालिममा प्रशिक्षार्थीहरुलाई नमुना फुलका बिरुवा र मलका लागि ढैचा समेत प्रदान गरिनेछ।