बाटो पिच गर्न माग गर्दै प्रदर्शनः प्रहरीले बल प्रयोग गर्दा पनि बाटो खुलेन

प्रकाशित मिति:

काठमाडौं – बौद्धमा बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो धुलोमुक्त बनाउ भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प भएको छ। यातायात सुचारु गर्न प्रहरीले बल प्रयोग गरेको छ। यही अवस्थामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

बिहीबार पनि सङ्घर्ष समितिले कालोपत्रे गर्नमाग गर्दै जोरपाटी क्षेत्रमा सडक अवरुद्ध नै गरेको थियो। उनीहरुले सडकमा टायरसमेत बाल्दै, शंख्ख फुक्दै सरकारको विरोध प्रर्दशन गरेका थिए ।-नेपाल समाचारपत्र