देशमा शक्ति सन्तुलनको अवस्था डरलाग्दो छ: नेता सिटौला

प्रकाशित मिति:

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले लोकतन्त्रमाथि चुनौति खडा भएको बताएका छन् ।

महिला उत्थान केन्द्रले शनिबार राजधानीमा गरेको कार्यक्रममा नेता सिटौलाले संवैधानिक निकायले निष्पक्ष काम गर्न नसक्ने अवस्था श्रृजना भएको भन्दै यस्तो अवस्थाले अन्तत लोकतन्त्रमाथि नै चुनौति थप्ने बताए ।

केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म नै दुई तिहाईको सरकार भएकाले शक्ति सन्तुलनको अवस्था डरलाग्दो भएको टिप्पणी पनि उनले गरे ।
उनले सबै तहका सरकारका नियम, कानुन र व्यवस्थाहरु एक अर्का संग मेल नखानुले मुलुकमा स्पष्ट रुपमा निर्णयकर्ताको अभाव देखिएको र यसले देशलाई अराजकता तर्फ धकेल्ने दाबी गगरे ।