कञ्चनमा मानसिक स्वस्थ्य सम्बन्धी अभिमुखिकरण सम्पन्न

प्रकाशित मिति:

,कञ्चन सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन(४,रुपन्देहीको आयोजनामा कञ्चन गाउपालिकाका पदाधिकारीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम कञ्चन गाउपालिकाको सभाहलमा सम्पन्न भएकोछ।बिषय बस्तुको बारेमा ज्ञान र प्रशिक्षित पदाधिकारीहरुले सही सूचना प्रवाह गर्न सक्छन भन्ने उद्धेश्यले आयोजित कार्यक्रमको आयोजना सुनगाभा सामुदायिक बिकास केन्द्र रुपन्देही र कञ्चन गाउपालिकाको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।

अभिमुखिकरण कार्यक्रमको सहजिकरण चौतारी नेपाल हेल्थ फाउनन्डेसनका बरिष्ठ मनोरोग बिशेषज्ञ मनोज ढुंगानाले गर्नु भएको थियो।कार्यक्रममा ढुंगानाले मानसिक रोगीहरु नजानिदो किसिमले आफ्नै घर छिमेक र समुदायमा हुन्छन ती मानसिक रुपमा अस्वस्थ ब्यक्तिहरुले बेलैमा परामर्श तथा उपचार पाएको खण्डमा केही हद सम्म मानसिक रोगीहरु कम हुने कुरा ब्यक्त गर्नु भएको थियो ।

वहाले ग्रामिण क्षेज्ञमा विभिन्न मनोरोगीहरुको संख्यामा वृद्धि हुँदै गइरहेकोले मनोरोगको पहिचान,लक्षण तथा उपचार अनि सजग रहन सकिने बारे गाउपालिकाका पदाधिकारीहरुलाइ बताउन सकिएको अवस्थामा मात्र मनोरोगबाट बचाउन सहयोग पुग्ने बिचार राख्दै मानसिक स्वास्थ्यको बारेमा सरल ढंगबाट आम नागरिक र बिधार्थीहरुमा सहज ढंगले प्रबाह गरि सहयोग गर्न समेत आग्रह गर्नु भएको थियो।कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि गोमा तरामुले मानसिक स्वास्थ्य जस्तो महत्वपुर्ण बिषयमा सरोकारवालाहरुलाई बेलाबेलामा अभिमुखिकरण प्रदान गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनु भएकोछ। समाजका जिम्मेवार ब्यक्तिहरुमा समेत कुनै न कुनै ढंगबाट मानसिक रुपमा रोगी भएको र मानसिक रोगको बेलैमा पहिचान गर्न सके ब्यक्तिगत स्वास्थ्यमा सहि ढंगले उपचार र समधान हुने बिश्वास ब्यक्त गर्नु भएकोछ।सुनगाभा सामुदायिक बिकास केन्द्र रुपन्देही मानसिक स्वास्थ्य परियोजनाका संयोजक अमृता थापाले कार्यक्रम गाउपालिकाका पदाधिकारीहरुलाइ मानसिक स्वास्थ्य र त्यसको समाधानका बारेमा जनप्रतिनीधी र शिक्षकहरु द्वारा भनेको बिश्वास गर्ने भएकोले मानसिक स्वास्थ्यमा देखिने समस्या समाधान गर्न सहज हुने र आम नागरिक बिच सकारात्मक सोचहरु आम नागरिक माझ पुर्याइ समाजमा रहेका मानसिक रोगीहरुको पहिचान र उपचारमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भएको थियो।कार्यक्रममा सरस्वती माध्यमिक बिधालयका प्रधानाध्यापक शिबकला खनाल,दुर्गा माध्यमिक बिधालयका प्रधानाध्यापक लक्षमण गौतम लगायतले मानसिक स्वास्थ्यका बारेमा आ आफ्नो जिज्ञासा र धारणा राख्नु भएको थियो।कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामु मगरलो प्रमुख आतिथ्यता,सुनगाभा सामुदायिक बिकास केन्द्र रुपन्देहीका अध्यक्ष प्रम बहादुर बि।क।को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सुनगाभा सामुदायिक बिकास केन्द्रका सचिब सुमित्रा बुढाथोकीले गर्नु भएको थियो ।