मदिरा व्यवसायी संघका महासचिव निश्कासित

२६ बैशाख २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
186 Shares


रुपन्देही-मदिरा व्यवसायी संघ रुपन्देहीका महासचिव प्रितम गिरी पदबाट निश्कासित भएका छन् । मदिरा व्यवसायी महासंघको केन्द्रीय अधिवेशनमा जिल्ला शाखाको निर्णय भन्दा बाहिर गएर आधिकारिक उम्मेदवारलाई पराजित गरी अन्तरघात गरेको भन्दै कार्यसमितिको वैठकले गिरीलाई निश्कासन गरेको हो ।

महासंघको हालै सम्पन्न महाधिवेशनमा प्रदेश ५ को अध्यक्षमा संघका पुर्व अध्यक्ष सुलोचन ढकाललाई आधिकारिक उम्मेदवार बनाइएकोमा ढकालले हारेका थिए । यस्तै केन्द्रीय सदस्यमा जिल्ला कोषाध्यक्ष पदमराज घिमिरेले पनि हार ब्यहोर्नुपरेको थियो । केन्द्रीय अध्यक्षमा पनि जिल्ला नेतृत्वले विष्णु खड्कालाई जिताउन लबिङ गरेपनि महासचिव गिरी सोनाम शेर्पाको पक्षमा खुलेर लागेका संघका पुर्व अध्यक्षले बताए । वैठकले महाधिवेशनको समीक्षा गर्न द्वितीय उपाध्यक्ष शम्भु भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिको सदस्यमा पदमराज घिमिरे र विष्णु पाण्डे रहेका छन् ।

वैठकले महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित संघका अध्यक्ष मृगेन्द्रगोविन्द श्रेष्ठ र केन्द्रीय सदस्यमा निर्वाचित लिलाधर लुइटेलको राजीनामा स्वीकृत गरेको छ । वैठकले कोषाध्यक्ष पदमराज घिमिरेले दिएको राजीनामा भने अस्वीकृत गरेको ंकार्यवाहक अध्यक्ष टिकाराम पन्थीले जानकारी दिए । वैठकमा महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष कृष्ण नेपाल, पुर्व अध्यक्ष, सल्लाहकारसहित १६ जनाको उपस्थिति रहेको थियो । वैठकले विजयी पदाधिकारीलाई वधाई ज्ञापन गर्नुका साथै संस्थाको आर्थिक कोष बृद्धिका लागि तीनमहिने अभियान संचालन गर्ने निर्णय भएको बताइएको छ । –

फेसबुकबाट तपाईको प्रतिक्रिया