१० करोड लगानीमा महाराजा रिर्सोट

प्रकाशित मिति:

बुटवल-बुटवलको कालिकानगरमा १० करोड लगानीमा महाराजा रिसोर्ट संचालनमा आएको छ । होटल तथा व्यवसायीक क्षेत्रमा स्थापित १० जना युवा उद्यमीहरुको लगानीमा बुटवल ११ कालिकानरमा रिर्सोट खुलेको हो ।महाराजा ग्रुप अफ कम्पनीका अध्यक्ष ताराप्रसाद भण्डारीले प्रदेश नं. ५ को राजधानी र बुद्धजन्मस्थल लुम्बिनीका हिसाबले यस क्षेत्रमा आउने पर्यटकहरुलाई लक्षित गरि स्टार होटलको सुविधा सहितको रिसोर्ट सञ्चालन गरिएको पत्रकार सम्मेलनमा बताए ।

लामो समयदेखि बुटवलमा होटलमा अनुभव बटुलेका दियालो, कस्तुरी हुदै महाराजा ग्रुप अफ कम्पनीका लगानीकर्ताहरुबाट महाराजा रिसोर्टको संचालनमा ल्याइएको भण्डारीले बताए । साढे ६ कठ्ठा क्षेत्रफलमा रिसोर्टका विभिन्न पुर्वाधार निर्माण भएका छन् । रिसोर्टमा ३० वटा कोठासहितको ३ तले भवन बनेको छ । कोठाहरु २२ सयदेखि ६ हजार दरका रहेका छन् । रिसोर्टमा मिटिङका लागि उपयुक्त कन्फ्रेन्स हल छ जहा ३० जना क्षमता रहेको छ । रिर्सोटको मुख्य आकर्षणमा एक हजार जना अट्ने बेङक्वेट हल, लाउन्ज बारलगायत संरचना बनेका छन् ।

देशविदेशका परिकारहरु त्यसमा पनि भारतिय पर्यटकहरुलाई लक्षितगरि ईन्डियन, चाइनिज, कन्टिनेन्टलका साथै नेपाली परिकारहरु उपलब्ध हुने जनाइएको छ । ६ वर्ष मुनिका बालबालिकाहरुलाई विशेष ख्याल गर्दै खानाको सेवामा छुट दिइने संचालक माधव ढकालले बताए । रिर्सोटमा वाटर फाउन्टेन, चिल्डे«न प्ले जोन र पार्किङ्गका लागि पर्याप्त स्थान रहेको संचालक कृष्ण भट्टराईले बताए । रिसोर्टमा स्वीमिङ्ग पुल, फिटनेश हल, स्पाको सेवा बढाउने योजना रहेको छ । रिर्सोटमा ५० जनाले रोजगारी पाएका छन् । हाल ३० वटा कोठाहरु रहेको रिर्सोटले निकट भविश्यमा ५० वटा कोठा पु¥याउने लक्ष्य लिएको छ । यस्तै स्वीमिङ्ग पुल, फिटनेश जोन समेत सञ्चालनको तयारीमा रहेको जनाइएको छ । रिर्सोटमा २ हजार २ सय देखि ६ हजार रुपैयाँ सम्मका कोठा रहेका छन् ।